काठमाडौं– प्रहरीले हुन्डी र चोरीको सुनको अवैध कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
रौतहटका दिपेश कुमार यादब र राजन कुमार गुप्ता तथा भारतीय नागरिकहरु शंकर चौभन र रोहित पट्टेललाई प्रहरीले कालिमाटीबाट बिहिबार पक्राउ गरेको हो।
यादब र गुप्ताबाट प्रहरीले ७ लाख रुपैयाँ बरामद गरेको छ। जून हुन्डीको पैसा भएको प्रहरी दाबी छ।
अवैध रुपमा चुनचाँदीको कारोबार गर्ने भारतीयहरुसँग मिलेर उनीहरुले हुन्डीको कारोबार गरेको प्रहरीले जनाएको छ। उनीहरुको कारखानामा छापा हानी प्रहरीले २ लाख ३ हजार रुपैयाँ नगद तथा २० तोला बराबरको सुनका गहना बरामद गरेको छ।
बरामद गहना चोरीको सुनबाट बनेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनीहरुमाथि कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।