काठमाडौं- आज कमला, बागमती, पूर्वी राप्ती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य रहने, कन्काई जलाधारका स-सना सहायक नदीहरुमा बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सबैमा बहाब सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ। त्यस्तै कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य रहने, कन्काई जलाधारका स-सना सहायक नदीहरुमा बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, उदयपुर, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, गण्डकी प्रदेशको कास्की, स्याङ्गजा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, रुपन्देही, गुल्मी, बर्दिया, सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बैतडी, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।