काठमाडौं- अर्थशास्त्री स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को एशिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
वाग्ले यूएनडीपीको मुख्यालय, न्यूयोर्कमा कार्यरत रहनेगरी नियुक्त भएका हुन्।
अर्थशास्त्री वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्।
आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले ट्विटरमा लेखेका छन्- 'युएनडीपी र यसका सदस्य राष्ट्रले वाग्लेको विज्ञताबाट महत्वपूर्ण लाभ हासिल गर्नेछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।