सांकेतिक तस्वीर
काठमाडौं- ‘एक्सपाएर’ डेबिट कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-५ भत्केको पुलबाट आइतबार प्रहरीले सोही स्थान बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो।
सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेबिट कार्ड प्रयोग गरेर पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर, काठमाडौंबाट खटिएको टाेलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट लोय्डस भिजा डेबिट कार्ड लण्डन र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।
उनीहरुले एक्सपाएर भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी इलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको भनाइ छ।
निकालेको उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको परिसरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।