काठमाडौं- ट्राफिक प्रहरीले प्रिन्टरसहितको नयाँ ब्रेथलाइजर प्रयोगमा ल्याएको छ।
हाल उपत्यकामा लागू गरिएको सो ब्रेथलाइजरबाट सवारी चालकले पिएको अल्कोहलको प्रतिशतसमेत पत्ता लगाउन सकिने महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए। उनका अनुसार चालकको फोटोसमेत यसबाट प्रिन्ट गर्न मिल्नेछ।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको भन्दै प्रहरीले यसअघि देखि नै ब्रेथलाइजर प्रयोगमा ल्याएको थियो। नयाँ ब्रेथलाइजर भने अझ प्रभावकारी हुने पन्तले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।