काठमाडौं– नेपाली सेनाले आफूसँग भएका १० हजारभन्दा धेरै हतियार नेपाल प्रहरीलाई दिने भएको छ।
सैनिक प्रवक्ता, सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार सोमबार यसको सुरुआत भएको छ। सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई हतियार, एम्युनिशन तथा सम्बद्ध सामग्री हस्तान्तरण गरेका छन्।
हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल, एसएलआरलगायत छन्।
सैनिक प्रवक्ता पौडेलले भने, ‘नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा बढी हतियार प्रदान गर्ने कार्यक्रम रहेको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।