काठमाडौं– गोल्छा अर्गनाइजेशनले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेका स्वास्थ्यकर्मीलाई सामसङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ।
अर्गनाइजेशनकी निर्देशक सीमा गोल्छाले आइतबार त्रिभुवन विश्वविद्यालयका डीन डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुन्। निर्देशक गोल्छाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघलाई सहयोग गर्न पाउँदा खुशी भएको बताइन्।
कोभिड महामारीका समयमा फ्रन्टलाइनरको रुपमा दिनरात स्वास्थ्यकर्मी खटिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै माइक्रोवेभ ओभन सहयोग गरेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।