काठमाडौं– शिवम् सिमेन्टले एनएस – ५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको उत्पादन सुरु गरेको छ।
कम्पनीले यसअघि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको थियो। ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै कम्पनी सर्वोत्कृष्ट ओपीसी सिमेन्ट उत्पादनका साथै विक्री वितरण गर्ने तथा एनएस क्वालिटी अवार्ड –२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको जनाइएको छ।
गुणस्तरीय उत्पादनकै कारण कम्पनी सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड – २०१९ बाट सम्मानित भएको बताइएको छ।
नेपालमा एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा विक्री वितरणको मान्यता दिंदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन एस– ५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाउने गरेको छ।
अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्न एनएस– ५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।