प्रतिकात्मक तस्वीर।
काठमाडौं- तारकेश्वर नगरपालिका-७ फुटुङ्गस्थित लालबहादुर तामाङको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
फार्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ८ सय ५५ रुपैयाँ र ताससहित शनिबार साँझ पक्राउ गरेको हो।
यसैगरी, चन्द्रागिरी नगरपालिका–३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखती लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै, काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी स्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङ्ग लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २२ हजार १ सय ३० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो।
उता नवलपरासी (पूर्व), देवचुली नगरपालिका–१७ कुजौली बस्ने ३९ बर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको खाजा घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।