काठमाडाैं- निशान र ड्याटसन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
निशान र ड्याटसनको आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ। महाराजगञ्ज र बालकुमारीपछि यो मेगा मोटर्सको तेस्रो शोरुम हो।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले भने, 'कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै हाम्रो ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ र उपत्यका कुनै पनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिनेछ।'
कम्पनीका अनुसार काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्यसहित उक्त शोरुम सञ्चालनमा ल्याइएको हो। साथै, अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको 'बिग, बोल्ड, ब्युटिफुल' म्यागनाइट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।