• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्?

64x64
पुष्पा थपलिया सोमबार, असार २१, २०७८  ०७:०२
1140x725

बालबालिकाहरुले अब प्रविधिका माध्यमबाट पढ्न सुरु गरेका छन्। कोरोनाकाल अगाडि ‘अनलाइन कक्षा’बारे हाम्रा बालबालिकाले सुनेकासम्म पनि थिएनन्। तर, अहिले त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरुका लागि मोबाइल, ल्यापटपजस्ता छुट्टै उपकरण चाहिने भएको छ।

हामीले बाँचेको समयलाई अब ‘कोरानाकाल’ र ‘कोरोनाकाल अगाडि’ भनेर वर्गीकरण गर्न सक्छौं। कोरोना महामारीसँग विश्वभरिका मान्छेको जीवनशैली बदलिनु नै यो वर्गीकरणको मुख्य आधार हो। महामारीका कारण अन्य व्यक्तिसँगै बालबालिकाको जीवनशैली पनि फेरिएको छ।

बालबालिका दिनभरजसो मोबाइलमै व्यस्त हुन्छन्। के हेर्छन् वा पढ्छन् वा खेल्छन्, त्यो अर्को विषय हो। बरु विद्यालय जान थालिनसकेका बालबालिकामा पनि मोबाइलको लत बसेको छ। बालबालिकाको मोबाइल प्रयोगसम्बन्धी दुई वटा फरक घटनाबाट चर्चा थालौँ।

पाँच वर्षीय छोराले झगडा गर्दा धादिङकी सविता तिवारी मोबाइल दिएर फकाउँथिन्। पछि खाना खाँदा पनि छोरालाई मोबाइल चाहिन थाल्यो। उनको फोन छोराकै हातमा हुन्थ्यो। कसैको फोन आइहाले काटिदिन्थ्यो। फोन आएको उनले थाहै पाउँदिन थिइन्। जस कारण महत्वपूर्ण काम छुट्न थाले।

अहिले त फोन गर्नका लागि पनि छोराको हातबाट मोबाइल खोस्नुपर्छ। मोबाइलकै लागि छोराले झगडा गरिरहन्छ। मोबाइल चलाउने छोराको लतकै कारण उनलाई साथीसर्कलबाट टाढा हुन थालेको महसुस भएको छ।

बालबालिका दिनभरजसो मोबाइलमै व्यस्त हुन्छन्। के हेर्छन् वा पढ्छन् वा खेल्छन्, त्यो अर्को विषय हो। बरु विद्यालय जान थालिनसकेका बालबालिकामा पनि मोबाइलको लत बसेको छ।

धादिङकै कविता पाठककी छोरी पनि दिनभर मोबाइल चलाउँछिन्। ११ वर्षीया बालिकाले दिनभर मोबाइल चलाउँदा पनि अविभावकलाई खासै चासो छैन। बरु गर्वको बिषय बनेको छ।

कविताका अनुसार, दिनभरजसो छोरीको अनलाइन कक्षा हुन्छ। कहिलेकाहीं इन्टरनेट नहुँदा कक्षा अवरोध हुन्छ। अनि राति ८/९ बजेसम्म पनि अतिरिक्त कक्षा भएको बताउँदै मोबाइल चलाइरहन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘छोरी पहिले पढ्न उति मन गर्दिनथिन्, अनलाइनबाट पढाइ हुन थालेदेखि ध्यान दिएकी छिन्,’ कविता गर्व गरेर सुनाउँछिन्। छारीको पढाइबारे उनी छरछिमेकमा पनि यस्तै सुनाउँछिन्। तर, छोरीले के पढिरहेकी छिन् र पढाइ भएको छ वा छैन कविताले चासो दिएकी छैनन्।

अनलाइन कक्षा सुरु भएपछि बालबालिकालाई मोबाइल त आवश्यक नै भयो। यसले उनीहरुलाई पढाइ र साथीहरुसँग जोडेको छ। प्रविधि चलाउन सिकाउने शिक्षकले नै उनीहरुलाई उपकरणबारे ज्ञान दिन्छन्। धेरै त चलाएरै सिक्छन्। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स पनि अब बालबालिकालाई प्रविधिबाट टाढा राख्न नसकिने बताउँछन्। तर, मोबाइलबाट बालबालिकालाई हुने हानीबारे पनि छलफल गर्नु आवश्यक हुन्छ।

मोबाइल युगभन्दा अघि हुर्किएका कतिपय आमाबाबु यस्ता पनि होलान्, जो किताब पढेको छु भन्ने देखाएर किताबभित्र विभिन्न गसिप पत्रिका या सत्य, तिलस्मी कथा पढेर हुर्किए। अहिले उनीहरुका छोराछोरी त्यसरी नै उनीहरुलाई छलिरहेका हुनसक्छन्। माध्यम फरक हो, बालबालिकाले गर्ने हर्कत भने पुरानै छ।

उनीहरु पढाइको आवरणमा नराम्रा लिंक क्लिक गर्न पुग्ने, लोटरी पर्ने आशमा बिभिन्न वेवसाइटमा पुग्ने र ठगिने, साइबर बुलिङमा पर्ने वा जानेर नजानेर डिजिटल अपराधमा फसिरहेका हुनसक्छन्।

यसका लागि बालबालिका हैन, अभिभावक नै सचेत हुन जरुरी छ। अन्तराष्ट्रिय जगतमा यतिबेला डिजिटल प्यारेन्टिङको चर्चा सुरु भएको छ। नेपालका केहि अभिभावकले पनि डिजिटल प्यारेन्टिङका बारेमा चर्चा सुरु गरेका छन्।

यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।

१. बालबालिकासँग अन्तक्रिया गरिरहनुहोस्
आफ्ना बालबालिकासँग नियमित रुपमा अनलाइन क्रियाकलापबारे कुराकानी या अन्तक्रिया गरिरहनुपर्छ। यसले बालबालिकामा सकारात्मक प्रभाव पार्छ। यसरी अन्तक्रिया गर्दा अनलाइन क्रियाकलापमा बालबालिकासँगै तपाईंको पनि अनिवार्य सहभागिता हुन्छ। कुनै बालबालिकालाई अनलाइन खेल निकै मनपर्छ। उनीहरुसँग तपाईं पनि खेल्नुहोस्। यसबाट आफ्ना बालबालिकाको साथीसर्कल फेला पार्नुहोस्। उनिहरुसँग पनि कुराकानी गर्नुहोस्। यसले तपाईंको बालबालिकाको दिमागमा के कुरा खेलिरहेको छ भन्ने थाहा पाउन सजिलो हुन्छ।

२.प्राविधिक ज्ञानलाई अपडेट गरिरहनुहोस्
यो नेपाल जस्तो साक्षरतादर कम भएको देशका अभिभावकलाई मुस्किलको काम हो। तर, प्राविधिक ज्ञानलाई अपडेट नगरे बालबालिकाका क्रियाकलाप निगरानी गर्न सकिँदैन। भर्खरै जन्मेका बच्चासमेत मोबाइलको ‘लक’ खोलेर युट्युब लगाउन सक्छन्। यसबाट पनि उनीहरुको दिमाग प्रविधिमा कति अगाडि छ भन्ने अनुमान लगाउन सकिन्छ। त्यसैले बालबालिकाभन्दा एक कदम अगाडि प्राविधिक ज्ञान हासिल गर्न अभिभावकलाई अनिवार्य छ।

३. बालबालिकालाई अनलाइन प्रयोग र उपयोगिता सिकाउनुहोस्
बालबालिकालाई अनलाइनको प्रयोग र उपयोगिता आफैं सिकाउन सुरु गर्नुहोस्। उनिहरुलाई नै सिक्न छाडिदिँदा गलत बाटोतिर जान सक्छन्। आफैंले सिकाउँदा इन्टरनेटको प्रयोग सही तरिकाले गर्न जान्दछन्। उनीहरुलाई इन्टरनेटको सुरक्षित प्रयोग गर्न सिकाउनुस्। साइबार बुलिङबारे पनि राम्रोसँग जानकारी दिनुहोस्।

४. इन्टरनेट प्रयोगको समयसीमा निर्धारण गर्नुहोस्
बालबालिकालाई कति समय इन्टरनेटमा राख्ने भन्ने अभिभावककै हातमा हुन्छ। त्यसैले निश्चित समयसीमाभित्र मात्रै इन्टरनेटको पहुँच दिनुहोस्। यदि तपाईंको बालबालिका किशोरावस्थामा पुगिसकेका भए, इन्टरनेटको लतमा नफस्न खबरदारी गर्नुहोस्। उनीहरुलाई इन्टरनेटको लत लागे कसरी समस्या उत्पन्न हुन्छ भन्ने पनि जानकारी दिनुहोस्। तपाईंले आफैं कुनै नियम या परम्परा बसाउन सक्नुहुन्छ, जसको कारण सबै डिजिटल ग्याजेट केही समयका लागि बन्द होस्। साथै बालबालिका सुत्न गइसकेपछि उसले चलाएका एपको हिस्ट्री नियमित परिक्षण गर्नुहोस्। जसकारण तपाईंका बालबालिका केमा रुचि राख्छन् वा के हेर्दैछन् भन्ने थाहा हुन्छ।

५. बालबालिकाका लागि रोल मोडल बन्नुहोस्
तपाईंले बालबालिकालाई मात्रै निगरानी गरेर हुँदैन। पहिले आफ्नै बानी सुधार्नुहोस्। उदाहरणका लागि, बेलुकी खाना खाइसकेपछि मोबाइल नचलाउनुहोस्। गाडी चलाउँदा फोन नउठाउनुहोस्। खाना खाँदा पनि मोबाइलमा घोप्टिरहने नगर्नुहोस्। घरमा आएका पाहुनासँग कुराकानी गरिरहँदा मोबाइल नचलाउनुहोस्। तपाईंका सानातिना क्रियाकलाप पनि बालबालिकाले याद गरिरहेका हुन्छन्। आफूलाई सिकाउने मानिसले गरिरहेका काम नै उनीहरु पनि पछ्याउँछन्। त्यसैले बालबालिकाका लागि पहिले आफैं रोल मोडल बन्नुहोस्। उनीहरु सधैं तपाइलाई पछ्याउन थाल्छन्।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्