काठमाडौं- टीभीएसले ‘साथ छ हाम्रो’ योजना अघि ल्याएको छ। कोभिड-१९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहज बनाउँदै अघि बढ्न यो योजना ल्याएको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा आठ हजार रूपैयाँ पक्कापक्की छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
यसैगरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरूका लागि सीमित अवधिसम्म शून्य प्रतिशत ब्याजदरको समेत विशेष सुविधा रहेको छ।
‘आउँदो केही समयमा नयाँ आर्थिक वर्षको सुरुआत र कर प्रणालीमा वृद्धिजस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना रहेकोले पुरानै र सस्तो मूल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकवर्गमा यो योजना निकै नै आकर्षक रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस योजना देशका सम्पूर्ण टीभीएस स्वरूमहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।