काठमाडाैं- युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित 'युनाइटेड सिमेन्ट्स' ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।
यो नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड भएको कम्पनीको दाबी छ।
'यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको छ। ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभइ विदेशका ठूला-ठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पारिवारिक घर निर्माणसहित गगन चुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, पुल, राष्ट्रिय गौरवका आयोजना, बाटो निर्माणमासमेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी आफैं क्लिंकर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने उद्योगको प्रतिबद्धता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।