काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले सेलपे सेवा वालेटमार्फत् चलाउन सकिने गरी सेवा विस्तार गर्ने क्रममा ग्राहकहरूका लागि दोस्रो चरणको योजना सुरू गरेको छ।
यस योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक (५० रूपैयाँसम्म) र मोबाइल टपअपमा चार प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सक्ने कम्पनीले जानकारी दिएको छ। यही असार १७ गतेदेखि सुरू भएको यो योजना अर्को सूचना प्रकाशित नभएसम्म लागू हुनेछ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ। यसबाट वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।