काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले भ्रातृ संगठन एकीकरणका लागि २२ वटा कार्यदल गठन गरेको छ। सबै भ्रातृ संगठनहरुको एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो।
पार्टी एकतापछि ३ महिनाभित्र सबै भातृसंगठनहरुको पनि एकीकरण गर्न लागिएको छ। जसका लागि कार्यदलहरु गठन गरिएको हो।
सबै कार्यदलहरुलाई कार्यादेशसहितको जिम्मेवारी दिइएको छ। कार्यदल गठनसम्बन्धि सर्कुलर नेकपाले बिहिबार मातहतमा पठाएको छ।
बिधान मस्यौदा गर्ने, महाधिबेशन आयोजक कमिटि गठन गर्ने, बरिष्ठता, क्षमता र एकताको भावनाअनुसार बरिष्ठता कायम गर्न कार्यादेश दिइएको छ।
त्यस्तै प्रदेश कमिटिहरुमा एकता मिलाउन ७ वटा अन्य कमिटिहरु समेत गठन गरिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।