फाइल तस्वीर काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको श्रम कार्यालयले आगामी आइतबार (असार २०) देखि नियमित सेवा दिने भएको छ।
कोरोनाको कारण बन्द रहेको कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबारदेखि सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन नियमित सेवा दिने बताएको हो।
बायोमेट्रिक नभएका र स्वयं उपस्थित हुनै पर्ने व्यक्तिमात्र कार्यालयमा उपस्थित भई सेवा लिनसमेत विभागले अनरोध गरेको छ।
कोरोनाको संक्रमण जोखिम कायम रहेको भन्दै अनलाइनबाट लिने सकिने काम अनलाइन प्रणालीबाट लिन आग्रह गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।