काठमाडाैं– जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे छ।
न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गर्दै उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएका हुन्।
आदेश अनुसार गुर्भाकोट नगरपालिका स्थायी घर भएका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियाे सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालेको थियो।
सरकारी वकिलले उनीहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।