काठमाडौं- नेपाल प्रहरीका कर्मचारीले विनाधितो राष्ट्रिय वाणिज्य बैंकबाट 'पेसाकर्मी सरल कर्जा' पाउने भएका छन्।
बुधबार नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरीको तलबी बचत खाता सञ्चालन तथा विनाधितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झाैतापछि प्रहरी कर्मचारीले यो सुविधा पाउने भएका हुन्।
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
२०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी पाँच वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा विनाधितो पेसाकर्मी सरल कर्जा उपलब्ध गराउनेगरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सोही अवसरमा कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कोभिड-१९ प्रहरी कर्मचारीहरूका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।