काठमाडौं- इटाली पठाउँछु भन्दै अजरबैजान पुर्याएर अलपत्र पारेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले उदयपुरको त्रियुगा नगरपालिका ७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्दै आएका ३६ वर्षीय उमेश रेग्मीलाई मंगलबार ललितपुर टीकाथलीबाट पक्राउ गरेको हो।
महाशाखाका अनुसार रेग्मीले रामेछापको उमाकुण्ड ३ का सौगात सुनुवारसमेत तीन जनालाई वर्किङ भिषामा इटाली पठाउँछु भन्दै जनही १० लाख ५० हजारका दरले साढे ३१ लाख रुपैयाँ लिएका थिए।
रकम लिएपछि उनले इटाली पठाउँछु भनेर अजरबैजानसम्म पुर्याएर अलपत्र पारेको महाशाखाले जनाएको छ।
रेग्मीले अन्य व्यक्तिहरूलाई पनि वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर करिब एक करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।