काठमाडाैं- साताको चाैथो कारोबार दिन बुधबार सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१३ अंकले घटेर २८२३.८८ विन्दुमा कायम भएको छ।
नेप्सेमा केही दिनयता कारोबारसमेत घट्दै आएकोमा आज पनि त्यसले निरन्तरता पाएको छ। आज नेप्सेमा भएको कारोबार पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँमा खुम्चिएको छ। कूल २२० वटा कम्पनीका एक करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर ६८ हजार १९२ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८८ अंकले घटेर ५२२.८३ विन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज पोखरा फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यस्तै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले पनि प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन्। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ४.२८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाल इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै ३० करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।