काठमाडौं- नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न गर्न स्थानीय स्तरमा विभिन्न समिति गठन गरिएको छ।
कांग्रेसका प्रवक्ता र जिल्ला सभापतिहरुको भेला आयोजक मूल समितिका संयोजक इन्द्रबहादुर बानियाँसहितको बैठकले असार ५ देखि ७ गतेसम्म हेटौंडामा हुने भेला व्यवस्थित बनाउन ९ वटा समिति बनाउँदै समितिका संयोजकहरु तोकेको छ।
प्रचार समितिमा प्रदीप कोइराला, सांस्कृतिक एवं अतिथि समन्वयमा आनन्द पराजुली, मञ्च व्यवस्थापनमा गोपीलाल विश्वकर्मालाई संयोजकको जिम्मेवारी दिइएको छ। यस्तै, स्वयंसेवकमा अर्जुन तिवारी, सचिवालय एवं मिडिया सेन्टर संयोजनमा बुद्ध लामा, स्वास्थ्य समितिमा राजीव सुवेदीलाई संयोजक तोकिएको छ।
आवास व्यवस्थापन समितिको संयोजकमा भरत पराजुली छन् भने खाद्यान्न प्रबन्ध र प्रदेश संयोजन संयोजकमा क्रमश: रामबाबु बानियाँ र विष्णुप्रसाद लामिछाने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।