काठमाडौं- स्मार्ट फोन ब्राण्ड ओपोले प्रिमियर एन्युअल कम्प्यूटर भिजन इभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीपीभीआर) २०२१ मा विभिन्न १२ विधाको अवार्ड हात पारेको छ।
सम्मेलनमार्फत् सात प्रमुख चुनौतीअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको कम्पनीले जनाएको छ। जसअन्तर्गत कम्पनीले प्रदर्शन गरेका औद्योगिक क्षेत्रकै अग्रणि प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनीय नवप्रवर्तनका लागि पहिलो स्थान, सात विधामा दोस्रो र चार विधामा तेस्रो अवार्ड हात पारेको जनाइएको छ।
सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा इन्टेलिजेन्ट पर्सेप्सन एण्ड इन्टरएक्सन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए। अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षणमार्फत् ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको जनाएको छ।
ओपोका चिफ साइन्टिस्ट तथा इन्टेलिजेन्ट पर्सेप्सन एरिक गुओले भने, ‘यस वर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनीय नतिजा पाउँदा हामी निकै हर्षित छौँ। हामीले पहिलोपटक सीपीभीआर २०२० मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्युसन च्यालेन्जमा धमिला तस्बिरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्युजन पोजिसनिङलाई अझ सटिक बनाउन सघाउने भिज्युअल लोकलाइजेसन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शन गरेबापत पहिलो स्थान हात पारेका थियौँ। यस वर्ष ओपोले जितेका मल्टि एजेन्ट बिह्याभियोर, एभीए-काइनेटिक्स र बहूसंख्यक टूडी तस्बिरहरुबाट थ्रीडी फेस रिकन्स्ट्रक्शसन, फेसियल डिटेक्सनलगायत क्षेत्रअन्तर्गत पर्दछन्।’
यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटीलगायत क्षेत्रमा गर्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।