बर्दिया– ३८ वर्षका एक पुरुषको कुटपिट गरी हत्या गरेको आरोपमा बर्दिया प्रहरीले उनकी श्रीमती र छोरालाई पक्राउ गरेको छ।
मधुवन नगरपालिका–४ बादरभरियाका ३८ वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा प्रहरीले उनकी श्रीमती र छोरालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लक्षीरामकी श्रीमती ३८ वर्षीया सीता थारु र छोरा १८ वर्षीय किशोर छन्। रक्सी पिउनका लागि १०० रुपैयाँ मागेको विषयमा विवाद हुँदा श्रीमती गीता र छोराले लक्षीराममाथि कुटपिट गरेका थिए।
श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो। उपचारका क्रममा लक्षीरामको मृत्यु भएपछि प्रहरीले उनकी श्रीमती र छोरालाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।