काठमाडौं- हाम्रो टिम नेपाल अभियानका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। लकडाउन तथा निषेधाज्ञामा मजदुर एवं विपन्नहरूलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका २३ जना सदस्यलाई सोमबार बबरमहलबाट प्रहरीले पक्राउ गरेको हो।
लकडाउनको समयमा महानगरपालिकाको खाली जग्गामा टहरा बनाएर मजदुर र विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले बनाएको टहरा महानगरले हटाउन लाग्दा अवरोध गरिएपछि पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
महानगरले पार्क बनाउन टहरा हटाउन लाग्दा अवरोध गरेको भनेर प्रहरीलाई खबर आएपछि अवरोध गर्ने २३ जनालाई पक्राउ गरिएको एसएसपी सिंहले बताए।
पक्राउ परेका सबै जनालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।