काठमाडाैं- नाडा अटोमोवाइल्स एसोसिएसन नेपालले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञालाई केही खुकुलो पार्दै लगेको छ।
यसै सन्दर्भमा अटोमोवाइल वर्कसप, शो रुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफनो व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाको भनाइ छ।
त्यसैले अटोमोवाइल वर्कसप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायी, कर्मचारी, टेक्निसियन र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड-१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।