काठमाडौं– निषेधाज्ञाको प्रतिबन्ध क्रमशः खुकुलो हुन थालेपछि कोका–कोलाले रिटेलर्स र किराना पसललाई सहयोग गर्ने योजना बनाएको छ।
यसको मूल उद्देश्य खाद्य र पेय क्षेत्रलाई आफ्नो पूर्ववत् अवस्थाम ल्याउन र कोभिडपछि फस्टाउन सहयोग पु¥याउनु रहेको कम्पनीले जनाएको छ। किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्न कोकाकोलाले व्हाट्सएपमार्फत द्रुत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको हो।
सेवाअन्तर्गत विक्रेता र वितरकलाई स्वचालितरूपमा जोड्न सहयोग पु¥याउने कम्पनीको भनाइ छ। खुद्रा बिक्रेताले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सिधै अर्डर लिन सक्ने कम्पनीको भनाइ छ। यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउने र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने कम्पनीले जनाएको छ।
यो प्ल्याटफर्म अन्य कम्युनिकेशन एप्लिकेसन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जनायो। कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गर्न खोजिएको बताए।
कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नका लागि थप सावधानी अपनाएको जनाएको छ। कम्पनीले कोकाकोलाको कुलर र त्यसमा भएको उत्पादन सफा राख्ने क्लिनअप कार्यक्रमको आयोजना गर्ने भएको छ।
यो पहलले काठमाडौंको रिटेल र किराना स्टोरलाई समेट्नेछ। कोकाकोलाले हाइजिन र पीपीई किट वितरण गर्नेछ र हजार वटाभन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने जनाएको छ। बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कोकाकोलाले अर्थतन्त्र उकास्न सहयोग गर्दै आएको र साना व्यवसायको साथमा रहने गरि कार्यक्रम ल्याएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।