काठमाडौं- इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।
यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको उनलाई घुससहित गत चैत २६ गते पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।