खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन्।
आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। घटनाकाे सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएकाे प्रहरीले उनलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ।
सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको सुवर्णलाई पक्राउ गरेकाे बताउँदै प्रहरीले घटना थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।