काठमाडौं- ‘मिसेस नेपाल एलिगेन्स–२०१८’को उपाधि दाङकी कल्पना श्रेष्ठ (रोयल)ले जितेकी छिन्।
र्याम्प जोनले जमलस्थित नाचघरमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन्। कल्पनाले शीर्ष उपाधिसहित पाँच हजार रुपैयाँ, तीन महिनाको ब्युटिसियन कोर्ष तथा जुम्बा कोर्षको प्याकेज र अन्य उपहार प्राप्त गरिन्। त्यसैगरी उनले पोजिटिभ एटिच्युटको उपाधि समेत हात पारिन्।
प्रतियोगितामा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिकसहित फस्ट रनरअप र जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप बने।
प्रतियोगितामा कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाइस र बेस्ट फिटनेस, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माइल अवार्ड विजेता बनेका छन्। यस्तै, शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट ब्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट घोषित भए।
प्रतियोगिताको निर्णायकमा पत्रकार डब्बु क्षत्री, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री रेजिना उप्रेती, फेसन डिजाइनर तथा लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठ र मिसेस नेपाल ग्रान्डकी उप-विजेता एलिना ध्वजु सुवेदी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।