लहान– सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा जारी विवाद मौखिक सहमति गरी समाधान गरिएको छ।
मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहले मेडिकल अधिकृत अमित चौधरीको करार थप गर्न पहल गर्ने प्रतिवद्धता जनाएपछि एक हप्तादेखिको विवाद समाधान भएको हो।
मेडिकल सुपरिटेन्डेन्ट कुशवाहसँग विवाद भएपछि राष्ट्रिय योजना आयोगमार्फत लहान अस्पतालमा कार्यरत चौधरीको करार रद्ध गर्न एक हप्ताअघि नै पत्राचार गरिएको थियो। चौधरी विगत एक वर्षदेखि लहान अस्पतालमा कार्यरत छन्।
नेपाल मेडिकल काउन्सिल प्रदेश २ तथा अस्पताल विकास समिति र नगरपालिकासहितको बैठकले लिखित सहमति मार्फत समस्या समाधान गर्न सुझाव दिएपनि मौखिक सहमतिमा विवाद समाधान गरिएको मेडिकल अधिकृत चौधरीले बताए।
मेसु कुशवाहले पनि चौधरीले आफुबाट गल्ति भएको भन्दै माफी मागेर सहमतिमा काम गर्ने बताएपछि समस्या समाधान भएको स्पष्ट पारे। आवेशमा आएर गतल कार्य भएको भन्दै बैठकमा दुवैले माफी मागेका छन्।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययन गर्न सिफारीस नदिएको विषयमा मेडिकल अधिकृत चौधरी र मेसु कुशवाहको विचमा विवाद भएको थियो। विवादले गत जेठ ८ गते नै अस्पतालको सेवा प्रभावित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।