काठमाडौं– शंकर अधिकारीको निर्देशनमा फिल्म 'कस्मिक लभ' निर्माण हुने भएको छ। फिल्ममा अभिनेता प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केको अभिनय रहनेछ।
जय गौतमले निर्माण गर्ने फिल्मका अन्य कलाकारको भने छनोट हुन बाँकी छ।
शेखर ज्ञवालीको कथा रहने 'कस्मिक लभ' असार १ देखि छायांकनमा जानेछ। फिल्मलाई सुरेश बज्राचार्यले खिच्नेछन् भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।