तेह्रथुम- तेह्रथुम लालिगुरास नगरपालिका-१ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।
हिजो दिउँसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वसन्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।