काठमाडौं– प्रहरीले काठमाडौंका ८ वटा डान्सबार तथा दोहारी साँझमा छापा हानी ३९ जना किशोरीको उद्धार गरेको छ। १६ वर्षभन्दा कम उमेरका किशोरीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले माइती नेपाल तथा सिबिन नेपालसँग समन्वय गरी बुधबार छापा हानेको हो। १६ वर्ष भन्दा कम उमेरका किशोर किशोरीलाई काममा लगाउन नपाइने भएकाले छापा हानिएको प्रहरीले जनाएको छ। छापा हानिएकोमध्ये कतिपय स्थानमा किशोरीहरुमाथि यौन शोषण समेत हुने गरेको खुलेको छ।
किशोरीहरुको उद्धार गरेपनि प्रहरीले सञ्चालकहरुलाई भने पक्राउ गरेको छैन।
उद्धार गरिएका किशोरीहरु माइती नेपाल र सिविनको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठडाडौंका डिएसपी मोहन थापाले बताए।
ठमेल, गोंगबु, बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा प्रहरीले बुधबार साँझ छापा हानेको हो।
अन्य डान्सबार र दोहोरी साँझमा पनि छापा हान्ने प्रहरी तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।