• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीशका दु्ई प्रश्नमा घुमेको बहस : विश्वासको मत वा पदमा नरहेको जानकारी राष्ट्रपतिलाई दिने कि संसद्लाई?

64x64
दुर्गा दुलाल शुक्रबार, असार ११, २०७८  १९:३०
1140x725

काठमाडौ- प्रतिनिधि सभा विघटनको विरुद्धमा विपक्षी गठबन्धनबाट दायर भएको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार पनि बहस चल्यो, र आइतबारलाई हेर्दाहेर्दैमा राखियो।

शुक्रबार दुई घन्टाको अवधिमा छ जना कानुन व्यवसायीले बहस गरे। वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सुरू गरेको बहस वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बिट बारे। अब आइतबार दुई घन्टा ३५ मिनेट रिट निवेदकका कानुन व्यवसायीले बहस गर्ने छन्। अब बहसका लागि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतीशकृष्ण खरेलले समय पाउने छन्। उनीहरूका लागि ३०/३० मिनेटको समय निर्धारण गरिएको छ भने अन्यको हकमा समय कायम रहेसम्म बहस गर्न पाउने छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको जिकिर गर्दै १४६ जना सांसदले सर्वोच्चमा निवेदन दिएका थिए। जेठ ७ गते मध्यरातमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। उक्त विघटनले संविधानको धारा ७६ को उपधारा ५ ले वैकल्पिक सरकार दाबी गर्ने दुई प्रतिस्पर्धीमध्ये कुनै एकलाई दिनुपर्ने राष्ट्रपति संवैधानिक अधिकारबाहिर गएको देखिएको दाबी निवेदकहरूले गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीले धारा ७६ को २ अनुसारको नेतृत्वमै विश्वासको मत नपाएको, सोही धाराको उपधारा ३ अनुसार फेरि जिम्मेवारी लिँदै विश्वासको मत लिन अस्वीकार गर्दै मार्गप्रशस्त गरेको भनी अरूलाई प्रधानमन्त्री बनाउने बाटो खुल्ला गरेको अवस्थामासमेत उनलाई प्रतिस्पर्धी मानेर गरिएको विघटन बदर हुुनपर्ने जिकिर गठबन्धनका कानुन व्यवसायीले गरेका छन्। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश संलग्न संवैधानिक इजलासमा गत बुधबारबाट बहस सुरू भएको थियो।

रिट निवेदकको सुरुआती बहसका क्रममा न्यायाधीशहरू प्रायः मौन नै रहँदै आएको देखिएको छ। अघिल्लोपटक प्रतिनिधि सभा विघटन हुँदा त्यसविरुद्ध परेको मुद्दामाथि बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले निवेदकका कानुन व्यवसायीलाई धारा ७६ को बारेमा धेरै प्रश्न उठाएका थिए। यो सवाल उक्त इजलासले किनारा लगाइसकेकाले अहिले धेरै प्रश्न इजलासबाट उठिरहेको देखिँदैन। शुक्रबार प्रधानन्यायाधीश राणा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाले एक/एक वटा प्रश्न उठाएका थिए।

नेपालको संविधानमा विश्वमा भएकाभन्दा फरक अभ्यास ७६ (५) को धारा राखेर गर्न खोजिएको, तर यसलाई पनि दलको अधिकारको रूपमा गलत व्याख्या गर्न खोजिएको कानुन व्यवसायीहरु बताउँछन्।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस सुरुआत गर्दैै राष्ट्रपति आफ्नो अधिकारभन्दा बाहिर गएको आरोप लगाए। ‘प्रधानमन्त्रीले विश्वासको मत छैन, त्यसैले  मार्गप्रशस्त गरेँ भन्नुभयो। संविधानअनुसार विश्वासको मत लिन संसद्‍ पठाउनुपर्नेमा ओलीको टिकट नै नटाँसेको निवेदन धारा ७६ को ५ अनुसार  किन स्वीकार गरियो,’ उनले भने, ‘धारा ७६ को २ र ३ अनुसार विश्वासको मत नभएको व्यक्तिलाई एक्कासी ५ अनुसार कसरी सरकार बनाउने आधार हुन्छ?’

राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा कसरी संविधानविपरीत काम गरिहेका छन् भन्ने कुरा अहिले अदालतबाट धमाधम रोकिएका कामबाट समेत पुष्टि हुने उनले तर्क गरे। ‘पछिल्लो समय नागरिकता अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, बजेटमा ढुंगा गिटीजस्ता कुरा ल्याउनले लगायत वदनियत राखेर सरकारले काम गरिरहेको छ,’ वरिष्ठ अधिवक्ता अर्यालले भने, ‘मन्त्रिपरिषद् विस्तारसहित अध्यादेशमा अदालतले नै हस्तक्षेप गरेको छ। तर, राष्ट्रपति यी कार्यहरू गर्न साक्षीमात्र हुनुभयो।’ यसरी गैरसंवैधानिक काम गरिरहेका प्रधानमन्त्री ओली अहिले पनि आफ्ना गलत कदमको बचाऊमा आफैं उत्रने गरेको उनले बताए।

Ncell 2
Ncell 2

संविधानको धारा ७६ को उपधारा ४ विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था भएको भन्दै उनले यो ‘लिन पनि सक्ने वा नलिन पनि सक्ने’ भन्ने नभएको बताए। 

अर्यालपछि बहसका लागि अधिवक्ता दिनमणि पोखरेलले समय लिए। राष्ट्रपतिको अधिकारबारे अन्तर्राष्ट्रिय अभ्यासबाट सुरू गरेका उनले भारतको अभ्याससमेत इजलासमा पेस गरे। ‘कार्यकारीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न दबाब आएमा भारतमा के अभ्यास छ भनेर हेर्दा हाउसमा विश्वास गुमाएको छ भने राष्ट्रपतिले तपाईंले गर्न पाउनुहुन्न भन्ने अभ्यास देखिन्छ,’ उनले भने, ‘कोही विश्वास गुमाए पनि सत्ता छोड्न नमान्ने अवस्था रहेन भने त तपाईंलाई अर्को सरकारको दाबी गर्ने अधिकार छैन भनेर फर्काउने अभ्यास रहेको छ।’

राष्ट्रपति अप्ठ्यारो अवस्थामा हो भने बाहिरबाट सल्लाह लिएर गर्नसक्ने भारतीय अभ्यास रहेको उनले बताए। यदि, गैरसंवैधानिक अभ्यास हुन लागेमा सच्याउन अनुरोधसहित पठाउने अनि त्यो पनि नमानेमा राष्ट्रपतिले संविधान संरक्षकको भूमिका यतिबेला निभाउँदै पद त्यागसमेत गर्नसक्ने उनको भनाइ थियो।

तर, नेपालको सन्दर्भमा गलत नियतले प्रधानमन्त्री नियुक्ति धारा ७६ को ३ मा गरिएको र ५ मा पनि त्यो क्रम दोहोर्‍याउन खोज्दा विघटन भएको उनको दाबी थियो। ‘धारा ७६ को २ मा विश्वास गुमाएका व्यक्तिलाई ७६ (३) अनुसार फेरि प्रधानमन्त्री बनाउन मिल्छ? अर्काे व्यक्ति भएको भए फरक कुरा हो। तर, केपी शर्मा ओलीमात्रै सबै धारामा उपयुक्त ठहर गरिनुको पछाडि नियतबाहेक केही छैन,’ अधिवक्ता पोखरेलले भने, ‘गैरसंवैधानिक रूपमा प्रधानमन्त्रीको नियुक्ति लिएर विश्वासको मत लिन जानुपर्ने व्यवस्थासमेत अटेर गर्ने अनि मार्गप्रशस्त गरेको भनेकै भरमा फेरि अर्को उपधारामा पनि दाबी गर्न मिल्छ?’ 

संविधानको पालना गर्छु भनी शपथ खाएर विश्वासको मत नलिनु संविधानमाथिकै बेइमानी भएको उनको तर्क थियो।

प्रधानन्यायाधीश र न्यायाधीश खतिवडाको त्यो प्रश्न
बहस गरिरहेका पोखरेललाई न्यायाधीश खतिवडाले प्रश्न राखे, ‘प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने कुरा वा विश्वासको मत लिने कुरा प्रधानमन्त्रीको अधिकार हो कि संविधानको बाध्यात्मक व्यवस्था के हो?’ उनले यो प्रश्नको विस्तृत व्याख्या गर्न आवश्यक भएको भन्दै कुन धाराको प्रधानमन्त्रीलाई यो बाध्यात्मक हो र कसको कर्तव्य हो भनी जिज्ञासा राखे।

न्यायाधीश खतिवडासँगै प्रधानन्यायाधीश राणाले पनि प्रश्न राखे, ‘प्रधानमन्त्रीले विश्वासको मत लिने वा नलिने भन्ने कुरा संसद्‍ले राष्ट्रपतिलाई जानकारी गराउने हो?’ उनले न्यायाधीश खतिवडाको प्रश्नमा आफू पनि सहमत भएको भन्दै कहाँ परीक्षण वा जानकारी हुनुपर्ने हो भनी जिज्ञासा राखेका थिए। 

दुई न्यायाधीशको प्रश्नपछि पोखरेलले बहस अघि बढाए। संविधानको धारा ७६ को ५ अनुसार राष्ट्रपति कार्यालयमा सुरुमा आधार पेस गर्ने अनि त्यसको परीक्षण प्रतिनिधि सभामा हुनुपर्ने उनले बताए। 

तर, प्रधानमन्त्री ओलीले कपटपूर्ण रूपमा शब्द प्रयोग गरेर विघटनतिर लगेको पोखरेलले दाबी गरे। ‘ओलीले मार्गप्रशस्त गरे भनेको के हो? मार्गप्रशस्त अर्काका लागि गर्ने हो कि आफैंलाई गर्ने हो?,’ उनले भने, ‘मार्गअवरुद्ध भएपछि अरूका लागि रिक्त गर्ने होला, यदि हो भने किन उनै दाबी गर्न पुगे र राष्ट्रपतिले स्वीकार गर्नुभयो?’ 

प्रधानमन्त्री जसरी पनि विघटन गर्ने र आफैंले मात्र चुनाव गराउने मनसायले अघि बढेको उनको दाबी थियो। राष्ट्रपतिले भोलि के हुन्छ भनेर आजै आधार प्रस्तुुत गर्न नसक्ने उनको दाबी थियो। प्रधानमन्त्री र राष्ट्रपतिको गलत नियत देखिएकाले विघटन बदर हुनुपर्ने उनले माग गरे।

अर्का अधिवक्ता सुनिल पोखरेलले संविधानले विघटनको अधिकार नदिएको तर सरकार बन्न नसक्ने बाध्यात्मक व्यवस्थाको गलत प्रयोग भएको दाबी गरे। ‘प्रधानमन्त्रीले विश्वासको आधार संसद्‍मा देखाउने हो। राष्ट्रपतिलाई देखाउने होइन,’ उनले भने, ‘तर, राष्ट्रपतिले आफैंले विश्वासको मत छैन भनेर निर्णय गर्नुभयो। यसो गर्दा प्रतिनिधि सभाको अधिकार खोसियो।’

कसैलाई प्रधानमन्त्री दिन राष्ट्रपति सन्तुष्ट भएर नहुने उनको दाबी थियो। स्वेच्छाचारी शासन गर्नेले अदालतबाट हुने फैसलालाई पनि कसरी गलत व्याख्या गर्छ भन्ने कुरा भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएर सबै संरचना र संवैधानिक व्यवस्था मिचेको घटनाले देखाएको उदाहरण दिँदै उनले अब हुने फैसलामा त्यो कुराको ख्याल गरिनुपर्ने बताए।

अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिको काममा धेरै बदनियत् देखिएकाले महाअभियोगसम्मको ग्राउन्ड तयार भइरहेको बताए। अदालतमा प्रश्न उठाउन नपाउने कुरा संविधानमा नलेखिएको तर राष्ट्रपतिले लिखित जवाफमा दाबी गरेको भन्दै संविधानले तीनवटाबाहेक अरू कुरामा न्यायिक पुनरावलोकन हुन्छ भनेर स्पष्ट लेखेको बताए।

२०४७ सालदेखि न्यायिक पुनरावलोकनको अधिकार बढ्दै आएको संवैधानिक अभ्यासमा अहिले आएर राष्ट्रपतिले ‘मैले गरेको कामका बारेमा प्रश्न उठाउन पाइँदैन’ भन्न नमिल्ने अधिवक्ता भट्टराईको भनाइ थियो। ‘कसैलाई नियुक्ति नगर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ? भोलि चार जनाले दाबी गरे म कसैलाई गर्दिन भन्न उहाँले पाउनुहुन्छ,’ उनले भने, ‘महाअभियोगको ग्राउन्ड बनेको छ। यसरी संविधानको निर्माताले तोकिएको काम नगर्ने राष्ट्रपति, उपराष्ट्रपतिलाई  कारबाहीको कल्पना गरेको छ।’

संविधानले तोकेको जिम्मेवारी पूरा नगर्ने अधिकार कसैलाई पनि नहुने उनले दाबी गरे। राष्ट्रपति भण्डारी एकपक्षीय रूपमा ओलीको पक्षमा लागेर पूर्वाग्राही भएको आरोप उनले लगाए।

यो पनि पढ्नुहोस्

सरकारी पक्षको बहस नोट : सर्वोच्चमा १४६ सांसदको होइन ५ जनाको मात्र हस्ताक्षर शुक्रबार, असार ११, २०७८

‘राति ११ बजे जसपा नेता महन्थ ठाकुर कसरी शीतलनिवासमा? मध्यरात किन ठाकुरलाई चाहिँ दिने, अरूलाई कुरा सुनाउने मौका दिइएन श्रीमान्,’ अधिवक्ता भट्टराईले प्रश्न गरे, ‘राष्ट्रपतिले कसैलाई दिने, कसैलाई नदिने अधिकार कसरी छ? अनि कसरी अभिभावक भनेर स्वीकार गर्ने?’ 

उनले  अदालतले ७६ (५) मा दलको ह्विप लाग्दैन भन्ने कुरा बोल्नुपर्ने अवस्था रहेको बताए। त्यसो गर्दा निर्दलीय अभ्यास हुन्छ भनी भइरहेको आलोचना गलत भएको उनले दाबी गरे। धारा ७६ को ५ अनुसार बनेको प्रधानमन्त्रीले विश्वासको मत नलिएसम्म कुनै सांसदलाई पनि पार्टीले कारबाही गर्न मिल्दैन भनी व्याख्या हुनुपर्ने अधिवक्ता भट्टराईले माग गरे। ३० दिनभित्र विश्वासको मत लिएपछि मात्र सरकारमा गएको दल सत्तापक्ष र नगएको दल विपक्ष हुने उनले बताए। संविधानविपरीत जसरी पनि सबै धाराअनुसार आफैं हुनुपर्ने भनी प्रधानमन्त्री दाबी गरेका ओलीले आफू नहुने देखेपछि प्रतिनिधि सभा विघटन गराएको गलत नियत प्रस्ट देखिएको ठहर हुनुपर्ने भट्टराईको माग थियो।

‘राष्ट्रपतिले कुन पार्टीको वा चिनेको मान्छे हेर्ने होइन। संविधानले दिएको अधिकार हेर्ने हो,’ उनले भने, ‘जसरी पनि ओलीलाई प्रधानमन्त्री बनाउन खोज्ने कार्यले संविधान मिचिएको छ।’ 

वरिष्ठ अधिवक्ता मुक्ती प्रधानले १७ पटक प्रधानमन्त्री चयनको अभ्यास संसद्‍मा भएकाले अहिले पनि सबै प्रक्रिया संसद्‍मा जानुपर्ने तर्क गरे। दुवैको दाबी पुग्दैन भनेर ७६ (३) को प्रधानमन्त्रीबाट सिफारिस लिएर विघटन गर्ने गम्भीर असंवैधानिक कदम भएको उनले दाबी गरे। ‘दिउँसोसम्म मसँग विश्वासको मत छैन भन्ने अनि ४ बजे कसरी मत आयो?,’ उनले भने, ‘यसलाई विश्वास गर्ने राष्ट्रपतिको भूमिकामा पनि प्रश्न उठेको छ। प्रधानमन्त्री ओलीको हरेक सिफारिस हेर्दै नहेरी हस्ताक्षर गर्ने हाम्रो राष्ट्रपति कसरी भयो भनी प्रश्न उठेको छ।’ 

प्रधानपछि शुक्रबारका अन्तिम बहसकर्ता वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे उठे। उनले पटक-पटक अध्यादेश जारी गर्ने, संसद्‍ हुँदा पेस नगर्ने तर संसद्‍ विघटन भएपछि चार पटकसम्म अध्यादेश ल्याउने काम प्रधानमन्त्रीले गरेको भन्दै असंवैधानिक काम धेरै हुन थालेको तर्क गरे। ‘आधा घन्टा अगाडि दाबी छैन भन्नुभयो, तर फेरि संविधानमाथि जालझेल गरेर दाबी पनि पेस भयो,’ उनले भने, ‘राष्ट्रपतिले लिखित जवाफमा मलाई प्रधानमन्त्री बनाउने अधिकार छ भन्नुभयो, यो अधिकार उहाँलाई छैन।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका कानुन व्यवसायीको दाबी : धारा ७६ का कुनै पनि प्रावधानमा दलविहीनताको कल्पना छैनशुक्रबार, असार ११, २०७८

संविधानको धारा ७६ को ५ वैकल्पिक सरकार बनाउने अवस्था भएकाले यसमा दलको अधिकार र दाबी नहुने उनको तर्क थियो। भारतमा संविधान निर्मातामध्येका एक बीआर अम्वेडकरले संविधान बनाउने समयमा विघटन गर्ने कुरामा ‘पार्टी प्रपोज’का लागि हुनसक्नेतर्फ सचेत गराउँदै यस्तो गर्न नमिल्ने कुरा संविधानमै लेख्न संघर्ष गरेको उनले सुनाए।

नेपालको संविधानमा विश्वमा भएकाभन्दा फरक अभ्यास ७६ (५) को धारा राखेर गर्न खोजिएको, तर यसलाई पनि दलको अधिकारको रूपमा गलत व्याख्या गर्न खोजिएको उनले दाबी गरे। ‘राष्ट्रपतिलाई कुनै एक पार्टीको समस्यामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन,’ घिमिरेले भने, ‘यही कारण विपक्षी गठबन्धनका उम्मेदवार देउवालाई प्रधानमन्त्री बनाउनु भनी परमादेश र प्रतिनिधि सभाको आगामी प्रक्रिया सुरू गर्न आदेश जारी होस्।’

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सोमबारको बैठकले आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता बुधबार, मंसिर २४, २०८२
‘एलिमिनेटर’ मा आज काठमाडौँ र लुम्बिनी भिड्दै बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल बुधबार, मंसिर २४, २०८२
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्