काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन्।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताइन्।
विज्ञान प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया भएको बताइन्। विज्ञान, प्रविधि र गणितका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक स्रोत, साधन र सम्पदा प्रचुर उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।