• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘लोकतन्त्र र संविधानको रक्षाको लागि विपक्षी गठबन्धन निरन्तर’

64x64
किशोर दहाल बिहीबार, असार १०, २०७८  २१:१०
1140x725

काठमाडौं- विपक्षी गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा परेको बताएका छन्। ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका उनीहरुले त्यसलाई परास्त गर्नका लागि विपक्षी गठबन्धन निरन्तर रहनुपर्नेमा जोड दिएका छन्।

गत जेठ ७ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै विपक्षी गठबन्धनको उदय भएको थियो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा र ओली दुवैको दाबी अस्वीकार गरेपछि प्रतिनिधि सभा विघटन गरिएको थियो। त्यसको विरोध गर्दै जेठ ८ गते संयुक्त बैठक बसेर राष्ट्रपति-प्रधानमन्त्रीको कदमका विरुद्ध राजनीतिक र कानुनी रुपले प्रतिवाद गर्ने निर्णय उनीहरुले गरेका थिए। लगत्तै विपक्षी गठबन्धनमा आबद्ध १४६ जना सांसद्ले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

एक महिनायता वक्तव्यमार्फत धारणा राखिरहेका उनीहरुले बिहीबार भने प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गरेका हुन्। संघीय संसद् भवनमा आयोजित छलफलमा नेताहरुले गठबन्धनको सैद्धान्तिक आधारदेखि यसको सफलताको सुनिश्चितताका विषयमा चर्चा गरे।

अहिले ओली मात्रै, संविधानविरोधी शक्तिहरु नै एक ठाउँमा उभिएको नेताहरुको भनाइ थियो। ‘कस्तो अचम्मको स्थिति छ भने राप्रपा, राजावादी शक्तिहरु, हिजो संविधानका विरुद्ध युरोपियन युनियनसँग मोर्चाबन्दी गर्ने शक्तिहरु, नेपालले संविधान जारी गरेपछि नाकाबन्दी गर्ने शक्तिहरु आज एक ठाउँमा छन्। आज ओली एक्लै उभिएका छैनन्। यसबाट अहिलेको स्थितिको गम्भीरतालाई बुझ्न सकिन्छ’, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको भनाइ थियो।

भट्टले ओलीको कदमका पछाडि विदेशी शक्तिहरुको हात रहेको बताएका थिए। ‘विदेशी शक्तिहरुसँगको भेटघाटपछि नेपालमा अप्रत्यासित रुपमा ठूला-ठूला राजनीतिक घटनाक्रम घटेका छन्। त्यसैले अहिलेको प्रतिगमनलाई परास्त गर्नका लागि २०६२/६३ सालको ऐतिहासिक जनआन्दोनलमा भाग लिएका शक्तिहरु पनि एक ठाउँमा आउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘पुस ५ मा संसद् विघटन भइसकेपछि हामीले एक्लाएक्लै आन्दोलन गर्‍यौँ। तर दोस्रोपटक संसद् विघटन भएपछि हामी पाँच पार्टीहरु एक ठाउँमा उभिएका छौँ। प्रतिगमन परास्त हुनुको कुनै विकल्प छैन।‘

Ncell 2
Ncell 2

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद् भंगको विषय सिधै संविधानवाद, लोकतन्त्र, संसदीय प्रणालीसँग जोडिएको बताए। उनले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नको लागि आफूहरु कानुनी र राजनीतिक रुपमा अघि बढिरहेको बताए। ‘हामी सबैको समर्थन र सद्भाव चाहन्छौँ’, उनले भने, ‘ताकि संघीय लोकतान्त्रिक नेपालको रक्षा होस्। र प्रतिगमन र प्रतिक्रान्तिका जुन अभ्यासहरु सुरु गरिएको छ, त्यो परास्त होस्।‘

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर भएको बताए। उनले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई साझा गन्तव्यका रुपमा लैजाने बताए। 

लिखित सम्बोधन गरेका देउवाले आवश्यक परेमा आफूहरु जनपरिचालनको दिशातर्फ अगाडि बढ्ने बताए। विदेशी चलखेलप्रति संकेत गर्दै देउवाले भने, ‘हामी सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं। नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं।‘

नेकपा एमालेका वरिष्ठ नेता मावधकुमार नेपालले आफूहरुको आन्दोलन पदका लागि नभएको प्रष्ट पारे। ‘कसरी यो देशको स्वाधिनताको रक्षा गर्ने, स्वभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने, हाम्रो चिन्ता र सरोकार त्यहाँ छ’, उनले भने, ‘हामी ‘कोर्स करेक्सन’ गर्न चाहिरहेका छौँ।‘

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पादकहरुको प्रश्नको जवाफ दिएका थिए। उनले पाँच दलको गठबन्धन बनाउँदै गर्दा त्यो कति पछिसम्म जानसक्छ र त्यसको आधार के हुनसक्छ भन्ने विषयमा पटक-पटक दुई पक्षीय, बहुपक्षीय, सामूहिक धेरै छलफल गरेको बताए। उनले पाँच दलीय गठबन्धनको सैद्धान्तिक आधारलाई प्रष्ट्याउने प्रयत्न गरेका थिए। जसमा उनले मुख्यगरी तीन विषयमा जोड दिएका थिए।

प्रचण्डले नेपाली जनताको दशकौँको संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्त भएको र त्यसको रक्षा गर्ने र समयानकूल परिमार्जन गर्दै जाने उद्देश्यमा आधारित भएर यो गठबन्धन बनाइएको बताए। उनले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको रक्षा गर्ने विषयलाई दोस्रो आधारको रुपमा प्रस्तुत गरे। ‘निरंकुशता, सामन्तीतन्त्र या कुनै किसिमको दलालीतिर यो देश जान नपाओस्’, उनको भनाइ थियो।

तेस्रो आधारको रुपमा उनले नेपाल सधैँ नै एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र राष्ट्रिय स्वाभिमानयुक्त देशको रुपमा रहेको र यसलाई सुदृढ गर्दै लैजानुपर्ने विषयलाई जोड दिए। ‘बेलाबेलामा यसमाथि विभिन्न खालका चलखेलहरु भएका छन्। सुगौली सन्धिदेखि अहिलेसम्मका इतिहासका घटनाक्रम र मोडहरु हेर्ने हो भने धेरै किसिमका संघर्ष, जटिलता र चुनौतीको सामना गरेर नेपाल अहिले यहाँ आएको छ। त्यसकारण नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको रक्षा गर्ने कुरा हाम्रो अर्को सैद्धान्तिक आधार हुन्छ। जसले गठबन्धनलाई अलि परसम्म लैजान सक्छ’, प्रचण्डको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्