• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘लोकतन्त्र र संविधानको रक्षाको लागि विपक्षी गठबन्धन निरन्तर’

64x64
किशोर दहाल बिहीबार, असार १०, २०७८  २१:१०
1140x725

काठमाडौं- विपक्षी गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा परेको बताएका छन्। ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका उनीहरुले त्यसलाई परास्त गर्नका लागि विपक्षी गठबन्धन निरन्तर रहनुपर्नेमा जोड दिएका छन्।

गत जेठ ७ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै विपक्षी गठबन्धनको उदय भएको थियो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा र ओली दुवैको दाबी अस्वीकार गरेपछि प्रतिनिधि सभा विघटन गरिएको थियो। त्यसको विरोध गर्दै जेठ ८ गते संयुक्त बैठक बसेर राष्ट्रपति-प्रधानमन्त्रीको कदमका विरुद्ध राजनीतिक र कानुनी रुपले प्रतिवाद गर्ने निर्णय उनीहरुले गरेका थिए। लगत्तै विपक्षी गठबन्धनमा आबद्ध १४६ जना सांसद्ले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

एक महिनायता वक्तव्यमार्फत धारणा राखिरहेका उनीहरुले बिहीबार भने प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गरेका हुन्। संघीय संसद् भवनमा आयोजित छलफलमा नेताहरुले गठबन्धनको सैद्धान्तिक आधारदेखि यसको सफलताको सुनिश्चितताका विषयमा चर्चा गरे।

अहिले ओली मात्रै, संविधानविरोधी शक्तिहरु नै एक ठाउँमा उभिएको नेताहरुको भनाइ थियो। ‘कस्तो अचम्मको स्थिति छ भने राप्रपा, राजावादी शक्तिहरु, हिजो संविधानका विरुद्ध युरोपियन युनियनसँग मोर्चाबन्दी गर्ने शक्तिहरु, नेपालले संविधान जारी गरेपछि नाकाबन्दी गर्ने शक्तिहरु आज एक ठाउँमा छन्। आज ओली एक्लै उभिएका छैनन्। यसबाट अहिलेको स्थितिको गम्भीरतालाई बुझ्न सकिन्छ’, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको भनाइ थियो।

भट्टले ओलीको कदमका पछाडि विदेशी शक्तिहरुको हात रहेको बताएका थिए। ‘विदेशी शक्तिहरुसँगको भेटघाटपछि नेपालमा अप्रत्यासित रुपमा ठूला-ठूला राजनीतिक घटनाक्रम घटेका छन्। त्यसैले अहिलेको प्रतिगमनलाई परास्त गर्नका लागि २०६२/६३ सालको ऐतिहासिक जनआन्दोनलमा भाग लिएका शक्तिहरु पनि एक ठाउँमा आउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘पुस ५ मा संसद् विघटन भइसकेपछि हामीले एक्लाएक्लै आन्दोलन गर्‍यौँ। तर दोस्रोपटक संसद् विघटन भएपछि हामी पाँच पार्टीहरु एक ठाउँमा उभिएका छौँ। प्रतिगमन परास्त हुनुको कुनै विकल्प छैन।‘

Ncell 2
Ncell 2
nimb
nimb

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद् भंगको विषय सिधै संविधानवाद, लोकतन्त्र, संसदीय प्रणालीसँग जोडिएको बताए। उनले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नको लागि आफूहरु कानुनी र राजनीतिक रुपमा अघि बढिरहेको बताए। ‘हामी सबैको समर्थन र सद्भाव चाहन्छौँ’, उनले भने, ‘ताकि संघीय लोकतान्त्रिक नेपालको रक्षा होस्। र प्रतिगमन र प्रतिक्रान्तिका जुन अभ्यासहरु सुरु गरिएको छ, त्यो परास्त होस्।‘

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर भएको बताए। उनले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई साझा गन्तव्यका रुपमा लैजाने बताए। 

लिखित सम्बोधन गरेका देउवाले आवश्यक परेमा आफूहरु जनपरिचालनको दिशातर्फ अगाडि बढ्ने बताए। विदेशी चलखेलप्रति संकेत गर्दै देउवाले भने, ‘हामी सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं। नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं।‘

नेकपा एमालेका वरिष्ठ नेता मावधकुमार नेपालले आफूहरुको आन्दोलन पदका लागि नभएको प्रष्ट पारे। ‘कसरी यो देशको स्वाधिनताको रक्षा गर्ने, स्वभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने, हाम्रो चिन्ता र सरोकार त्यहाँ छ’, उनले भने, ‘हामी ‘कोर्स करेक्सन’ गर्न चाहिरहेका छौँ।‘

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पादकहरुको प्रश्नको जवाफ दिएका थिए। उनले पाँच दलको गठबन्धन बनाउँदै गर्दा त्यो कति पछिसम्म जानसक्छ र त्यसको आधार के हुनसक्छ भन्ने विषयमा पटक-पटक दुई पक्षीय, बहुपक्षीय, सामूहिक धेरै छलफल गरेको बताए। उनले पाँच दलीय गठबन्धनको सैद्धान्तिक आधारलाई प्रष्ट्याउने प्रयत्न गरेका थिए। जसमा उनले मुख्यगरी तीन विषयमा जोड दिएका थिए।

प्रचण्डले नेपाली जनताको दशकौँको संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्त भएको र त्यसको रक्षा गर्ने र समयानकूल परिमार्जन गर्दै जाने उद्देश्यमा आधारित भएर यो गठबन्धन बनाइएको बताए। उनले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको रक्षा गर्ने विषयलाई दोस्रो आधारको रुपमा प्रस्तुत गरे। ‘निरंकुशता, सामन्तीतन्त्र या कुनै किसिमको दलालीतिर यो देश जान नपाओस्’, उनको भनाइ थियो।

तेस्रो आधारको रुपमा उनले नेपाल सधैँ नै एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र राष्ट्रिय स्वाभिमानयुक्त देशको रुपमा रहेको र यसलाई सुदृढ गर्दै लैजानुपर्ने विषयलाई जोड दिए। ‘बेलाबेलामा यसमाथि विभिन्न खालका चलखेलहरु भएका छन्। सुगौली सन्धिदेखि अहिलेसम्मका इतिहासका घटनाक्रम र मोडहरु हेर्ने हो भने धेरै किसिमका संघर्ष, जटिलता र चुनौतीको सामना गरेर नेपाल अहिले यहाँ आएको छ। त्यसकारण नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको रक्षा गर्ने कुरा हाम्रो अर्को सैद्धान्तिक आधार हुन्छ। जसले गठबन्धनलाई अलि परसम्म लैजान सक्छ’, प्रचण्डको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्