काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
ढकालले अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको भन्दै अख्तियारले बिहीबार आरोपपत्र दायर गरेको हो।
‘अनुसन्धानको सिलसिलामा ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने भनी घुस लिएको पुष्टि हुन आएकोले निजलाई एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।