• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

महाधिवेशन नजिकिएपछि ताते कांग्रेसका शीर्ष नेता

64x64
नेपाल लाइभ बिहीबार, असार १०, २०७८  १४:०३
1140x725

काठमाडौं- आसन्न १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर कांग्रेसका शीर्ष नेताको सक्रियता बढेको छ। गत शनिबार सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्यहरुलाई पालैपालो बोलाउन थालेपछि अन्य नेताहरुको पनि सक्रियता बढेको छ।

देउवाले शनिबार, आइतबार र सोमबार गरी सातै प्रदेशका आफू निकटका केन्द्रीय सदस्यहरुलाई निवासमा डाकेका थिए।बूढानीलण्ठ पुगेका अधिकांश केन्द्रीय सदस्यले सभापतिमा पुनः देउवाको उम्मेदवारी निर्विकल्प भएको बताएका थिए। पहिलो दिन अर्थात् शनिबार प्रदेश १ का केन्द्रीय सदस्यसँग छलफल गर्ने क्रममा नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारीको प्रत्यासी बन्नका लागि उपसभापति विमलेन्द्र निधिसँग सल्लाह गर्न सुझाएका थिए। आफ्नो समूहबाट निधि पनि उठ्दा असर पर्ने आकलन गरेका कार्कीले निधिलाई साथमा लिन देउवालाई आग्रह गरेका थिए। कार्कीको बोलीलाई अर्की केन्द्रीय सदस्य सीता गुरुङले साथ दिएक थिइन्।

साउन २९ मा देउवा निवास पुगेर सभापतिमा लड्ने बताइसकेका निधि पछि हट्ने पक्षमा छैनन्। यद्यपी, देउवाले आइतबार निधिलाई बोलाए र आफू सभापतिमा दोहोरिन चाहेको बताउँदै सहयोगको अपेक्षा राखे। तर, निधिले उल्टै देउवाको साथ खोजे। १३ औं महाधिवेशनको बेला १४ औं महाधिवेशनमा आफूलाई सघाउने बारे देउवाले गरेको प्रतिवद्धता निधिले स्मरण गराए। निधिको उम्मेदवारी फिर्ता नलिने अडान देखिएपछि देउवाले भने, ‘उम्मेदवारी बन्ने तपाईको अधिकार हो उठ्नुस्।’

आइतबार देउवा निवास पुगेका बागमती र गण्डकी प्रदेशका केही नेताले निधिको आवश्यकता आफ्नो समूहमा रहेको औंल्याएका थिए। देउवा निकट पूर्वमन्त्री मोहन बस्नेतले भने, ‘सभापतिले र हाम्रो तहबाट पनि फेरि एकपटक विमल दाईसँग छलफल गर्ने कुरा भएको छ।’

तेस्रो दिन अर्थात् सोमबार देउवा निवासमा भेला भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेताहरुले देउवालाई पूर्ण समर्थन गर्ने जनाए। सभापतिको कार्यकाल सकिँदै गर्दा उनका लागि समय थप अनुकुल भएको उनीहरुको बुझाइ थियो। देउवा निकट नेता वीरबहादुर बलायरले भने, ‘उहाँ (निधि)ले सहयोग गरे ठिकै छ। हाम्रो उम्मेदवार देउवाजी नै हो।’

१३ औं महाधिवेशनमा भन्दा पनि अहिले समय ‘कम्फर्टेबल’ रहेको उनले बताए। प्रतिनिधि सभा पुनः स्थापना हुनेमा ढुक्क संस्थापन पक्षले देउवा प्रधानमन्त्री बने थप सहजता आउने आकलन गरेको छ।

उक्त समूहले देउवा सत्ता सञ्चालनको अवस्थामा पुग्दा आफ्नो समूहमा थप शक्ति बढ्ने बुझेको छ। नेता तथा कार्यकर्ता शक्तिको पछि लाग्ने हुँदा महाधिवेशनमा विजयी हुन थप सहजता हुने संस्थापन पक्षको आकलन छ। शक्तिको ‘दुरुपयोग’ गरी देउवाले फेरि पनि दलको सत्ता सञ्चालन गर्ने डर संस्थापनइतरमा छ।

देउवाले आफ्नो सक्रियतालाई तिव्र पारेपछि अन्य नेताहरुले पनि दौडधुप बढाएका छन्। सामूहिक तथा एकल भेटघाटमा नेताहरु लागिरहेका छन्। आफूलाई थाहै नदिइ सातै प्रदेशका केन्द्रीय सदस्यहरु बोलाएको प्रति असन्तुष्ट उपसभापति निधिले पार्टी भित्रको विभिन्न पक्षसँग छलफल गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

इतिहासदेखि राजनीतिक आन्दोलनमा सक्रिय पारिवारिक विरासत बोकेका नेतालाई निधिले आफ्नै निवासमा डाके। सोमबार महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई बोलाएका निधिले साझा धारणा तय गरेर जाने समझदारी भएको नेपाल लाइभसँग बताए। तीन जनाको गठबन्धन अल्पकालिन नभएको उनले दाबी गरे।

उम्मेदवारी घोषणा गरेका निधिले सोमबार नै युवा पुस्ताका नेताहरुलाई भेटे। संस्थापन इतरका युवा पुस्ताका नेताको भेटमा उनले सभापतिमा उठ्ने निर्णय फाइनल घोषणा भएको बताएका थिए। सभापतिमा निर्वाचित हुनलाई युुवा पुस्ताको साथ अनिवार्य रहेको बुझेका नेताहरुले उनीहरुसँगको छलफललाई प्राथमिकतामा राखेका छन्।

सभापतिका दाबेदारद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले पनि आन्तरिक छलफल बढाएका छन्। सोमबार यी दुई नेताबीच करिब दुई घन्टा संवाद भएको थियो। त्यसअघि शेखरले बलबहादुर केसीलाई भेटेका थिए। नेताहरु गगन थापा र दिलेन्द्रप्रसाद बडुसँग पनि यसबीचमा शेखरले संवाद गरेका छन्।

सभापति देउवा र उपसभापति निधि महाधिवेशन लक्षित भेटघाटमा लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडलले पनि तातेका छन्। पौडेलले आफ्नो समूहका नेताहरुको भेला  शुक्रबारलाई डाकेका छन्। बैठकबाट पौडेल पक्षले आफ्नो रणनीति तय गर्नेछ। बैठकमा क्रियाशील सदस्यका बारेमा पनि छलफल हुने बताइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशनको मिति तय भएको छ। तल्लो तहको अधिवेशन वडास्तरबाट साउन १२ देखि सुरु हुने भएको छ। महाधिवेशनको मुख्य मेरुदण्डका रुपमा रहेका क्रियाशील सदस्यको टुंगो हालसम्म लाग्न सकेको छैन। हालसम्म आठ लाख बढी क्रियाशील सदस्य सूचीकृत भएको बताइएको छ। सूचीकृत कतिपय नाममा उजुरी परेका छन्। प्राप्त उजुरीको आधारमा छानबिन गरी अन्तिम नामावली असार २० सम्म टुंगाउने तयारी क्रियाशील छानबिन समितिको छ। 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १४:०३
  • #शेरबहादुर-देउवा
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्