काठमाडौं- जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन्।
घरबेटी सरस्वती प्रधानलाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने आदेश दिएपछि रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा प्रधान पक्राउ परेकी थिइन्।
उनलाई काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।