फाइल तस्वीर काठमाडौं– सरकारले कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै देशभरमा अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। वैशाख १६ गतेबाट जारी निषेधाज्ञा असार ८ गते मंगलबारबाट केही खुकुलो बनाइएको छ। निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय उडान (सेड्युल उडान) बन्द भएको थियो। तर, उद्धार तथा चार्टर उडान भने भइरहेको थियो
तर, निषेधाज्ञाकै बीचमा जेठ महिनामा मात्रै वैदेशिक रोजगारीमा जानका लागि भन्दै ४ हजार भन्दा बढी युवाले अन्तिम श्रम स्वीकृति लिएका छन।
वैदेशिक रोजगार विभाग अनुसार जेठ महिनामा मात्रै ४ हजार ८६ युवाले वैदेशिक रोजागरीका लागि जान भन्दै अन्तिम श्रम स्वीकृत लिएका छन। जसमा सबैभन्दा बढी कतार जानेका लागि अन्मित श्रम स्वीकृत लिनेको संख्या बढी छ। कतारको रोजागरीका लागि जाने मात्रै १ हजार ९ सय ६५ जनाले श्रम स्वीकृत लिएका छन्।
यसैगरी, साउदी अरब जानका लागि ८ सय २२, यूएई ७ स्य २६ र बराइन जानका लागि अन्मित श्रम स्वीकृत लिनको संख्या २ सय २८ रहेको विभागले जनाएको छ।
विदेश जान श्रम स्वीकृत लिने संख्यामा सबैभन्दा बढी विदामा नेपाल आई पुन: रोजगारीमा जान चाहनेको संख्या बढी छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ३ हजार २ सय ९९ सय रहेका छ।
म्यानवापरबाट नयाँ कामको लागि भन्दै रोजगारीमा जान अन्तिम श्रम स्वीकृत लिनेको संख्या भने ६ सय २२ रहेको छ।
यसैगरी विभागमा अनुसार व्यक्ति नयाँ भिसामा जान भन्दै अन्मित श्रम स्वीकृत लिने संख्याको १ सय र व्यक्तिगत वैधानिकर अनुसार अन्तिम श्रम स्वीकृत लिनेको संख्या भने ६५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।