काठमाडौं- दक्षिणकालीको मन्दिर परिसरमा मृत भेटिएका महिला २७ वर्षीया धर्मपुत्री सन्तोषी सुब्बा भएको पाइएको छ।
सुब्बालाई कालो पुलमा बस्ने धनबहादुर तामाङले धर्मपुत्री बनाएर राखेको पाइएको काठमाडौं परिसरका एसएसपी अशोक सिंहले बताए।
उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। सुब्बाको टाउकोमा चोट रहेको छ। मन्दिर परिसरमा शव भेटिएपछि काठमाडौं उपत्यका अपराध महाशाखा, काठमाडौं परिसर र वृत्त कीर्तिपुरको टोली घटनास्थल पुगेका थिए। फरेन्सिक विज्ञ र तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरेको थियो।
सुब्बाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। हत्या भएको आशंकामा सुब्बालाई धर्मपुत्री बनाएर राख्ने तामाङसँग प्रहरीले सोधपुछ गरिरहेको छ।
सुब्बाले विभिन्न जनावर तथा चराचुरुङ्गीका आवाजसमेत निकाल्थिन्। उक्त आवाजका कारण उनी सामाजिक सञ्जाल टिकटकमासमेत भाइरल थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।