काठमाडौं- दक्षिणकाली मन्दिर परिसरमा एक महिला मृत अवस्थामा भेटिएका छन्।
मन्दिर परिसरको शौचालय नजिकै एक महिला मृत फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले नेपाल लाइभलाई जानकारी दिए।
शव भेटिएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनास्थल गएका छन्।
अहिलेसम्म मृतकको पहिचान भएको छैन भने मृत्युको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।