• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

कीर्तिमानी मिल्खा, जो एक गिलास दूध पिउनका लागि दगुर्थे

64x64
दीप सुवेदी आइतबार, असार ६, २०७८  १९:२३
1140x725

काठमाडाैं- ३ जुन, भारतको इतिहास र भूगोल दुवै बदलेको दिन। सन् १९४७ जुन ३ का दिन बेलायती उपनिवेश शासनको प्रतिनिधित्व गर्ने भारतका अन्तिम भाइसराय लर्ड माउन्टबेटनले देशलाई दुई हिस्सामा बाँड्ने घोषणा गरे।

भारत विभाजनको यस घटनालाई ‘३ जुन योजना’ वा ‘माउन्टबेटन योजना’ पनि भनिन्छ।  ब्रिटिश उपनिवेशवादी शासनको ‘फुटाऊ र राज गर’ नीतिको सबैभन्दा चरम सफलता थियो यो विभाजन। त्यो समय भारतमा हिन्दु–मुस्लिमबीचको दंगा चलिरहेको थियो र अधिकार प्रान्त सरकारमा भएकाले केन्द्र सरकारले केही गर्नसक्ने अवस्था पनि थिएन।

त्यसैले, राजनीतिक र साम्प्रदायिक गतिरोध समाप्त गर्नका लागि ‘३ जुन योजना’ ल्याइयो, जसमा भारतको विभाजनपछि भारत तथा पाकिस्तानलाई अलग–अलग रुपमा सत्ता स्थापना गर्ने विवरण थियो।

यही घोषणा र बेलायती संसद्को निर्णयअनुसार विभाजनलाई अघि बढाइयो। तत्कालीन समयको ३९ करोड जनसंख्यालाई टुक्र्याउनेगरी विभाजनको रेखा खिच्ने जिम्मेवारी दिइएको थियो सर साइरिल रेडक्लिफलाई। 

उनी त्यसअघि कहिल्यै भारत आएका थिएनन्। तर, बेलायत सरकारको निर्देशनमा भारत आएका रेडक्लिफले छोटो समयमै पञ्जाव र बंगाललाई अलग गर्नेगरी सीमारेखा खिच्नुपर्ने जिम्मेवारी अनुसार हतारहतारमा सीमारेखा खिचे, जसलाई आज ‘रेडक्लिफ लाईन’ पनि भनिन्छ।

ठूलो सङ्ख्यामा रहेका मुसलमान अल्पसङ्ख्यकहरू हिन्दू बाहुल्य भारतमा अप्ठ्यारोमा पर्नसक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलतः मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरियो। विभाजनको समय भारतको भूगोललाई मात्रै हेरियो, तर यहाँको सामाजिक–सांस्कृतिक र धार्मिक सम्बन्धलाई हेरिएन। 

पञ्जाब र बङ्गालजस्ता भारतका सबैभन्दा ठूला प्रान्त विभाजनमा परे। स्वतन्त्रताको दुई दिनपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय सिमाना कहाँ पर्छ भन्ने विस्तृत खाका सार्वजनिक गरियो। विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो मानवीय सङ्कट निम्त्यायो।

बंगाल र पञ्जावका हरेक जिल्लामा गैर–मुस्लिम वा मुस्लिम जनसंख्याका आधारमा भूभाग बाँडफाँड गरियो। यसो गर्दा कसैका आफन्त भारत र पाकिस्तानमा परे, कसैको घर भारतमा र गोठ पाकिस्तानमा पर्यो। कसैको घर नै आधा भारत र आधा पाकिस्तानमा प¥यो। 

nimb
nimb
Ncell 2
Ncell 2

यसपछि, विभाजनको समय भएको हिन्दू–मुस्लिम प्रदर्शन र दंगामा ५ लाखदेखि १० लाखको बीचमा मान्छे मारिए। दशौँ हजार महिला अपहरित भए। 

युद्ध र अनिकालबाहेकको अवस्थामा सायद त्यो नै इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो आवागमन थियो। भारतमा रहेका मुस्लिमहरू पाकिस्तानतर्फ लागे, पाकिस्तानमा रहेका हिन्दू र शिखहरू भारततर्फ।

यस विभाजनको काम सकिएलगत्तै अगस्त १४ मा पाकिस्तान र अगस्त १५ मा भारत नयाँ देश बन्यो। भारतमाथिको ब्रिटिश शासन त्यही दिन समाप्त भयो। महिनौँ लामो राजनीतिक गतिरोधपछि बेलायतले मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनाएको थियो।  

सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएर तत्कालीन ‘पूर्वी पाकिस्तान’ ले नयाँ स्वतन्त्र देश अर्थात् अहिलेको बंगलादेशको स्वरुप लियो। कसैलाई सङ्ख्या यकीन छैन तर त्यसबेला करिब १ करोड २० लाख मानिस शरणार्थी बनेको बताइन्छ। 

एउटा पीडादायी रक्तपातमा मुख्य–मुख्य समुदायका व्यक्तिहरू दुवैतर्फका आक्रमणकारी र पीडित थिए। यसका लागि कसैलाई जिम्मेवार पनि बनाइएन। मेलमिलाप प्रक्रिया पनि भएन। भएको के थियो भन्ने विषय लामो समयसम्म मौनतामै हरायो। के भएको थियो भन्नेबारे चलचित्र र साहित्यमा भने धेरथोर कुरा प्रतिबिम्बित भए। चलचित्रमा प्रतिविम्बित भएका एक पात्र हुन् ‘फ्लाइङ सिख’अर्थात् मिल्का सिंह।

०००

मिल्खाको जन्म सन् १९२९ नोभेम्बर २० मा गोविन्दपुरा -हाल पाकिस्तान)मा भएको थियो। जुन अहिले पाकिस्तानको मुजप्फरगढभन्दा १० किलोमिटरमात्रै वर पर्छ। किसान परिवारमा जन्मेका थिए उनी। बुवा आमाको कुल १५ सन्तानमध्ये एक थिए । 

उनको परिवार देश विभाजनको शिकार भयो। सो क्रममा उनका माता, पितासहित ८ भाई–बहिनी मारिए। यस बिभत्स घटनालाई देखेका मिल्खा भारत विभाजनको दंगामा बालबाल बचेका पात्र हुन्। 

जसोतसो उनी पाकिस्तानको ट्रेनमा लुकेर दिल्ली पुगे। मिल्खा टिकटबिनै ट्रेनमा यात्रा गर्ने क्रममा पक्राउ परे। उनलाई जेलको सजाय भयो। एक गिलास दूध पिउन उनलाई सेनाको दौडमा हिस्सा लिनुपर्थ्यो। त्यही दौडले पछि उनलाई भारतको महान एथ्लेटस् बनायो।

मिल्खा ‘फ्लाइङ सिंह’का नामले प्रशिद्ध छन। चार पटक एसियन गेममा स्वर्णपदक जितेका मिल्खाले १९६० को रोम ओलम्पिकको ४०० मिटर दौडमा विश्व कीर्तिमान कायम गरेका थिए।

सन् १९५९ को कमनवेल्थ गेम्स्मा भारतलाई पहिलो स्वर्णपदक दिलाएपछि सिंहको चर्चा चुलियो। ४४० मिटरको दौडमा तत्कालिन विश्व रेकर्ड होल्डर मेल्कम स्पेंसलाई पछि पार्दै उनले स्वर्ण जितेका थिए। यो प्रतिस्पधर्मा प्रत्येक चार वर्षमा हुन्छ। बेलायतका पूर्वउपनिवेश राष्ट्रबीच हुने यो प्रतिस्पर्धामा उनले तत्कालीन विश्व कीर्तिमानी माल्कम स्पेन्सलाई ४०० मिटरको दौडमा हराएर स्वर्ण जिते।

मिल्खा त्यो रात सुत्न सकेनन्। अर्को दिन चार बजे ४०० मिटर दौडको फाइनल थियो। बिहान, मिल्खाले बाथटबमा तातोपानीले नुहाए, खाजा खाए र फेरि कम्बल ओडेर सुत्न गए। दिउँसो दुई बजे उनी उठे।

उनले खानामा एक कचौरा सुप र दुई टुक्रा ‘डबल ब्रेड’ लिए। जानाजानी धेरै खाएनन्। ताकि यसले प्रदर्शनलाई असर नपरोस्। 

मिल्खाले त्यो दिन सम्झिँदै भनेका थिए, ‘एक बजे मैले कपाल कोरें। त्यसपछि सेतो टालोले गुटुमुटु पार्दै त्यसलाई डल्लो बनाएर सेतो रुमालले छोपें। एयर इन्डिया लेखेको झोलामा मैले स्पाइक जुत्ता, एउटा सानो तौलिया, एउटा काइयो र ग्लुकोजको प्याकेट राखें। त्यसपछि एउटा ट्र्याक सूट लगाएँ। आँखा बन्द गरें र गुरु नानक, गुरु गोबिन्द सिंह र भगवान शिवलाई सम्झें।’

मिल्खा त्यस दिनको हरेक क्षण सम्झन्छन्। ‘मेरो टोली बसमा कुर्दै थिए। जब म आफ्नो सिटमा बसेँ, उनीहरु मसँग जिस्किन थाले। केहीले मिल्खा आज आँप कलरमा देखिएका छन् भने। को देखिएका छन्।एकजनाले सोधे– के भयो? आज किन तपाई खुसी हुनुहुन्न? मैले उनीहरूलाई जवाफ दिइनँ। तर, उनीहरुले मप्रति देखाएको प्रेमले मेरो मन अलि हल्का भएको थियो।’

मिल्खा डराएको देखेर उनका प्रशिक्षक डा होवार्ड उनीसँगै बसिरहेका थिए। भने– ‘आजको दौडले या त तिमीलाई केही बनाउनेछ वा तिमीलाई मेटाउनेछ। यदि तिमी मेरा सुझाव मान्छौं भने माल्कम स्पेन्सलाई हराऊ। तिमीसँग त्यो क्षमता छ।’

डराएका मिल्खालाई हौसला मिल्यो। स्टेडियममा पुगेपछि उनी सिधा ड्रेसिङ रुममा पुगे। त्यहीँ सुते। हल्का ज्वरो आएको जस्तो लाग्यो। त्यसपछि डा होवार्ड फेरि आए। उनले ढाड पछाडी र खुट्टामा मसाज गरे।

उनले मिल्खालाई भने, ‘मेरो छोरो, तिमी तयार होऊ। तिम्रो दौड एक घण्टामा शुरु हुनेवाला छ।’ होवार्डले विगत धेरै दिनदेखि मिल्खाका प्रत्येक विपक्षीहरूको टेक्निकको अध्ययन गरिरहेका थिए।

उनले मिल्खा सुतेको ठाउँमै बसेर टुटेफुटेको हिन्दीमा भने, ‘मिल्खा, मैले स्पेन्सलाई ४०० मिटर दौडिरहेको देखेको छु। ऊ पहिले ३०० मिटरको लागि ढिलो दगुर्छ र अन्तिम सय मिटरमा सबैलाई पाखा लगाउँछ। तिमीले ४०० मिटर दगुर्नुपर्दैन, तिमीले ३५० मिटर मात्रै दगुरे पुग्छ। तिमी सम्झ, यो यति लामो दौड हो।’

उनलाई फाइनल खेलमा सहभागी हुन पहिलो कल ३स्५० मा आयो। ‘हामी ६ जना स्टार्टिङ लाइनमा गएर उभियौं। मैले मेरो तौलियाले खुट्टाको पसिना सफा गरें। दोस्रो कल आउँदा म मेरो स्पाइक बाँध्दै थिएँ। त्यसपछि ट्रयाक सूट फुकालें। टिसर्टमा हेरें, त्यहाँ भारत लेखिएको थियो र अशोक चक्र यसको तल बनेको थियो। मैले लामो सास लिएँ र मसँगै प्रतिस्पर्धा गर्न लागेका साथीहरुलाई शुभकामना दिएँ।’

इंग्ल्याण्डका सालिस्बरी पहिलो लेनमा थिए। त्यसपछि दक्षिण अफ्रिकाका स्पेन्स र अष्ट्रेलियाका केर, जमैकाका ग्यासपार, क्यानाडाका टोब्याको र छैटौं लेनमा भारतका मिल्खा सिंह थिए।

चाँडै नै स्टार्टरले भने- अन योअर मार्क। मिल्खाले आफ्नो बायाँ खुट्टा शुरुको रेखामा राखे, दायाँ घुँडा समानान्तर बायाँ खुट्टामा ल्याए र दुवै हातले भुँइ छोए। स्टार्टरले गोली चलाउने बित्तिकै मिल्खा दौडिहाले जसरी अरिङ्गालको एक झुन्ड उनको पछाडि थियो। उनलाई होवार्डले दिएको सल्लाह सम्झना थियो। उनले पहिलो तीन सय मिटरमा आफ्नो सबै शक्ति दिए।

मिल्खा अगाडि दौडिरहेका थिए। स्पेन्सले थाहा पाए कि मिल्खा बिजुलीको बेगमा दगुर्दै छन्। उनले पनि मिल्खाभन्दा अगाडि निस्कने प्रयास गरे। तर, यसपालि भाग्य पनि मिल्खाको पक्षमा थियो।

मिल्खा सम्झन्छन्, ‘दौड अन्त्य हुन ५० मिटर बाँकी छदाँ नै मैले सेतो टेप देखेको थिएँ। स्पेन्सको अगाडि पुग्न भरसक प्रयास गरें। जब मैले टेप छोएँ, स्पेन्स र मेरो दुरी आधा फिट मात्र थियो। बेलायतीहरू पूर्ण शक्तिका साथ कराइरहेका थिए- कम अन सिंह, कम अन सिंह। टेप छुने बित्तिकै म बेहोश भएँ र भुइँमा लडें।’

तुरुन्तै उनलाई स्ट्रेचरमा राखेर ट्रयाक बाहिर ल्याउँदै डाक्टरकहाँ लगियो। जहाँ उनलाई अक्सिजन दिइयो। जब उनी होसमा आए तब उनलाई थाहा भयो- एउटा ठूलो उपलब्धि हासिल गरिसकेको रहेछु। 

केहीबेरमा होस खुलेपछि साथीहरुले उनलाई काँधमा बोक्दै पूरै स्टेडियम घुमाए। कमनवेल्थ गेम्समा कुनै भारतीयले स्वर्ण पदक जितेको यो पहिलोपटक थियो।

त्यसपछि इंग्ल्याण्डकी महारानीले सिंहको घाँटीमा स्वर्णपदक झुण्ड्याइदिएकी थिइन्। भारतीय झन्डा माथि उठेसँगै मिल्खाका आँखामा छचल्किएका आँशुले धेरैलाई भावुक बनाए ।

उनले एक छोटो कपाल भएकी, साडी लगाएकी युवतीलाई भीआईपी घेराबाट आउँदै गरेको देखे। भारतीय टिमका प्रमुख अश्विनी कुमारले उनको परिचय गराए। उनी विजयलक्ष्मी पण्डित थिइन्, बेलायतका लागि भारतीय उच्चायुक्त।

मिल्खा सिंह सम्झन्छन्, ‘उनले मलाई अँगाले हालेर अभिवादन गरिन्। त्यसपछि उनले भनिन्– तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई मैले तिम्रो जितको सन्देश पठाइसकेको छु। यस्तो ठूलो उपलब्धि हासिल गरेका छौ, भन तिमी के इनाम लिन चाहन्छौं।’

मिल्खाले भनेका छन्, ‘मलाई के गरौं गरौं भयो। मेरो मुखबाट फ्याट्टै निस्कियो– यस जितको खुशीमा सम्पूर्ण भारतभर सार्वजनिक विदा दिनू। जुन दिन म भारत पुगेँ, नेहरूले आफ्नो वाचा पूरा गर्नुभो र सम्पूर्ण देशमा विदाको घोषणा भयो।’

मिल्खाको ‘फ्लाइङ्ग सिख’ नामको पछाडीको कथा भने मन छुने छ। उनले सन् २०१६ मा इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा यसको खुलासा गरेका थिए। चार पटक एसियाली खेलमा स्वर्ण पदक जितेका मिल्खाले सन् १९५६ को ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए। 

उनलाई सन् १९५९ मा भारतको सर्वश्रेष्ठ सम्मान पद्मश्रीबाट पद्यमश्रीबाट सम्मानित गरिएको थियो। सन् १९६० को रोम ओलम्पिकमा मिल्खाको प्रर्दशनलाई सर्वश्रेष्ठ मानिन्छ। उनी ४ सय मिटर फाइनलमा चौथो स्थानमा रहेका थिए। 

१९६० मा मिल्खा सिंहलाई पाकिस्तानबाट भारत–पाकिस्तान एथ्लेटिक्स प्रतियोगितामा सहभागिताका लागि निमन्त्रणा आएको थियो। भर्खरै टोकियो ओलम्पिकमा पाकिस्तानका सर्वश्रेष्ठ धावक अब्दुल खालिकलाई २०० मिटरमा हराएपछि पाकिस्तानले उनलाई बोलाएको थियो।

पाकिस्तानीहरु खालिक र सिंहबीचको प्रतिस्पर्धा पाकिस्तानी भूमिमा होस् भन्ने चाहान्थे। देश विभाजनका बेला आफ्ना परिवारमाथि भएको हिंसा उनको मानसपटलमा अझै ताजा थियो।

उनको आँखाकै अगाडि उनका बुबाको हत्या भएको थियो। सोही कारण उनी पाकिस्तान जान चाहँदैन्थे। उनले सो प्रस्ताव अस्वीकार गर्दिए। तर, भारतमा उनी जस्तो अब्बल सायदै अरु कोही खेलाडी थिए। त्यसैले उनलाई फकाउन पुगे, तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरु। भरखरै टुक्रिएका दुई देशलाई नजिक ल्याउने कडि भएको कारण उनले सम्झाइबुझाइ गरे। अनि बल्ल पाकिस्तान जान राजी भए मिल्खा। त्यो समय अब्दुल खालिक पाकिस्तानका सबैभन्दा तीव्र गतिका धावक थिए।

घरेलु मैदान। एक त प्रशिद्ध खालिक। प्रतियोगिताको दौरान करिब ६० हजार पाकिस्तानी समर्थक खालिकलाई हौसला दिन लाहोरको स्टेडियममा पुगेका थिए। मिल्खा पाकिस्तानी भएको र देश विभाजनपश्चात भारत पुगेको खालिकलाई थाहा नभएको होइन। उनले दौड शुरु हुनुपूर्व नै उनलाई चिढ्याए। मिल्खालाई सो दौड जित्नु थियो र खालिकलाई सवक सिकाउनु थियो। त्यसैले उनले त्यो बचन मनमा लिए। 

जसै स्टार्टरले पेस्तोल पड्काए, मिल्खाले दौड शुरु गरे। शुरुमा खालिक अगाडी मिल्खा पछाडी पछाडी थिए। ‘दर्शकहरु चिच्याँइरहेका थिए, पाकिस्तान जिन्दाबाद, अब्दुल खालिक जिन्दाबाद।’ 

तर, १०० मिटर पूरा हुनै लाग्दा मिल्खाले सबैलाई चकित बनाए। स्टेडियममा जम्मा भएका दर्शक जुरुक्क उठे। खालिकको समर्थन गरिरहेका दर्शकले मिल्खाको नाम लिन थाले। किनकि मिल्खा उनको नजिक पुगिसकेका थिए।

मिल्खाको गतिका अघि टिक्न सकेनन् खालिक। त्यसपछि मिल्खालाई खालिकले भेटाउनै सकेनन। जब अन्तिम टेपलाई मिल्खाले छोए त्यसबेला उनी खालिकभन्दा १० मिटर अगाडि थिए। उनले २०।७ सेकेन्डमै उक्त २०० मिटरको दूरी पार गरेका थिए। यो त्यसबेलाको विश्व रेकर्डको बराबरी थियो।

जब दौड सकियो, खालिक भुईंमा घोप्टो परेर रोइरहेका थिए। मिल्खा उजको नजिक गए। उनले खालिकको पिठ्यूमा थपथपाए र भने, ‘जित हार खेलको एक हिस्सा हो। यो दिमागमा लिनुहुँदैन।’ 

दौड जित्ने बित्तिकै तत्कालिन राष्ट्रपति, फिल्ड मार्शल अयूब खानले उनलाई पदक लगाइदिए। पदक लगाउँदै खानले भने, ‘मिल्खा, आज तिमी दौडेको होइनौं, उडेका हौ। म तिमीलाई फ्लाइङ सिखको उपमा दिन्छु।’ 

त्यसपछि उनी ‘फ्लाइङ्ग सिख’को नामबाट छाए।
०००

उनै ९१ वर्षीय एथ्लेटिक्सका भारतीय कीर्तिमानी धावक मिल्खाको शनिबार निधन भएको छ। भारतका सबैभन्दा तेज धावक मानिने मिल्खाले शनिबार चंढीगढमा अन्तिम सास लिए। 

मिल्खाले पछिल्लो एक महिना कोरोनासँग निरन्तर लडाइँ लडेका थिए। पछिल्लो समय उनी कोरोना संक्रमणमुक्त भइसकेका थिए। तर, त्यसपछिको पोस्ट कोभिड असरलाई उनको बुढो शरीरले थेग्न सकेन। मिल्खाको परिवारमा एक छोरा र तीन छोरी छन्। उनकी पत्नी निर्मल कौरको समेत कोरोनाकै कारण निधन भएको थियो। कौर भारतीय भलिबल टिमकी पूर्व कप्तानसमेत थिइन्।

कौरको पनि एक हप्ता अघि ८५ वर्षको उमेरमा कोरोनाकै कारण निधन भएको थियो। एकैपटक देशले दुई इतिहासको साक्षीलाई गुमाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै सिंहलाई स्वतन्त्र भारतको पहिलो ‘स्पोर्टिङ सुपरस्टार’का रुपमा चित्रित गरेका छन्।

मिल्खाको जीवनमा आधारित फिल्म ‘भाग मिल्खा भाग’मा जीवन्त अभिनय गरेका अभिनेता फरहान अख्तरले एक भावुक पोस्ट गर्दै श्रद्धान्जली दिएका छन्।

‘एकदमै प्रिय मिल्खा जी, तपाई नरहनुभएको कुरामा अहिले पनि विश्वास लागिरहेको छैन। साँचो कुरा यो हो कि तपाई सदा जीवित रहनुहुनेछ। तपाईं विसाल मन भएको मायालु र जमीनसँग जोडिएको मान्छे हुनुहुन्थ्यो। तपाईं एक विचार हुनुहुन्थ्यो।’

मिल्खा अब कहिल्यै फर्किएर नआउने बाटोमा पुगेका छन्। तर, उनी नभएपनि उनले बनाएको एक गर्बिलो इतिहास ज्यूँदै छ, शरिर मेटिएर गएपनि उनको त्यो इतिहास कहिल्यै मेटिने छैन। उनी देश विभाजन हुँदाको अकल्पनीय पीडा व्यहोर्ने साक्षी थिए, छन् र रहिरहनेछन्।

(एजेन्सीहरुको सहयोगमा)
 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो फाइनलको अन्तिम दिन स्म्याश रुल लागु भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म कुर्नुपर्‍यो । होराले १८ खेलमा कुल १०९... आइतबार, साउन ३१, २०८३
एभरेस्ट वुमन्स भलिबल लिग असोजमा आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १०, २०२६ (असोज १५ देखि २४, २०८३) सम्म हुनेछ। लिगका खेल काठमाडौंस्थित दशर... आइतबार, साउन ३१, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ । शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
सडक सीमा खाली गराउने बाटो खुल्यो, टेलिकमको रिटमा अन्तरिम आदेश अस्वीकार शुक्रबार, भदौ ५, २०८३
तमोर करिडोर हुँदै ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु शुक्रबार, भदौ ५, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, भदौ ५, २०८३
गरिमालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरु) शुक्रबार, भदौ ५, २०८३
टीकापुर हत्याकाण्ड : रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध परेको रिटमा साढे दुई वर्षपछि सुनुवाइ हुँदै शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्