फाइल तस्वीर
काठमाडौं– वैदेशिक रोजगारीमा जानेलाई १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने कोभिड १९ व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको छ।
समितिको बुधबार बसेकोे बैठकले वैदेशिक रोजगारीमा जाँदा होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णयसँगै १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।