काठमाडौं- स्मार्ट फोन कम्पनी रियलमीले आधिकारिक रूपमा विश्वबजारमा बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी फ्लागसिप किलर’ सार्वजनिक गरेको छ।
जीटी सिरिज र पहिलो क्वालकमस्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने कम्पनीको भनाइ छ।
‘फ्लागसिप उत्पादनका साथै मध्यमदेखि उच्च सेगमेन्टको यस ब्राण्डमा मुख्यगरी गति-प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषता प्रदान गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका सीईओ स्काई लीले उपभोक्ताका लागि अधिकतम फ्लागसिप सुविधा प्रदान गरेर विश्वव्यापी रूपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच पुर्याइ दैनिक जीवन सशक्तीकरण गर्ने कम्पनीको लक्ष्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।