काठमाडाैं- चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा २१.५ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख महिनासम्म वस्तुगत व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।