काठमाडौं- नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी 'मेरी संगिनी' नामक मोबाइल एप सुरु गरेको छ।
अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुबारे विस्तृत जानकारी दिने उद्देश्यका साथ मोबाइल एप सुरु गरिएको कम्पनीले जानकारी दिएको छ। मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरुसम्बन्धी तथा उक्त साधनको प्रयोगबाट पर्न जानेसाधारण प्रतिअसरहरुको समेत जानकारी दिइने बताइएको छ।
प्रजनन उमेरका जो कोहीलाई अति उपयोगी हुने भएता पनि विशेषगरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने कम्पनीले जानकारी दिएको छ।
एपमा भएको 'प्राय: सोधिने प्रश्नहरु' खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुका साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसूचित छनोट गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।