काठमाडौं– आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने भन्दै पूर्वका व्यवसायील–े नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएका छन्।
आइतवार गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा भएको भर्चुअल अन्तरक्रियामा उद्योग संगठन मोरङले गभर्नरलाई ११ बुँदे सुझाव पेश गरेका हो। संगठनका तर्फबाट अध्यक्ष सुयश प्याकुरेलले कोरोनाबाट प्रभावित व्यवसायीको उत्थानका लागि भन्दै सुझाव पेस गरेका हुना्।
कोभिड १९ बाट प्रभावित बनाएको उद्योग क्षेत्रको समग्र हित र पुनरुत्थानलाई ध्यानमा राखी आगामी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष प्याकुरेलले जोड दिए। उद्योग, व्यवसाय क्षेत्रले देशको अर्थतन्त्र र व्यापारघाटालाई सन्तुलनमा ल्याउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको भन्दै उनले कोभिडका कारण थला परेका यस क्षेत्रको पुनर्ताजकीरणका लागि आगामी मौद्रिक नीतिमा सम्बोधन गर्न गभर्नरसमक्ष अनुरोध गरेका छन्।
कर्जाको वर्तमानको सीमा नवीकरण १ वर्ष तोकिनुपर्ने माग गरिएको छ।
उत्पादनमूलक उद्योगका लागि पुनर्कर्जाको वर्तमान सीमामा १ अर्ब थप गरी गतवर्षको पुनर्कर्जा सुविधाको कार्यान्वयन गर्न माग गरिएको छ। त्यस्तै कर्जाको समानुपातिक वितरणमा समेत ध्यान दिन आग्रह गरिएको छ।
कोभिडको प्रभाव र उद्योग व्यवसायमा देखिएको मन्दीका कारण उद्योग व्यवसायले लिएको टर्म लोन अन्तर्गतको कर्जा चुक्ता गर्न असहज रहेको भन्दै निषेधाज्ञा जारी भएको अवधिदेखि खुलेको मितिबाट ६ महीनासम्म भुक्तानी गर्नुपर्ने कर्जाको किस्ता र ब्याजलाई पूँजीकरण गर्ने व्यवस्था गरी उक्त पूँजीकरण गरिएको कर्जाको भुक्तानी अवधि पुनर्तालिकीकरण गर्न समेत अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।