काठमाडाैं- नेपालको बजेट व्यवस्थापन सूचना प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटराइज्ड सरकारी लेखा प्रणालीमा 'रियल टाइम' एकीकरण गरिएको छ।
अर्थ मन्त्रालयले पहिलोपटक यी प्रणालीको एकीकरण गरेको हो। मन्त्रालयका सहसचिव धनिराम शर्माले ट्विटरमार्फत् लामो समयको प्रतीक्षापछि नेपालको सरकारी वित्त प्रणालीमा एउटा उपलब्धि हासिल भएको बताएका छन्।
उनले लेखेका छन्, 'लामो समयको प्रतीक्षापछि नेपालको सरकारी वित्त प्रणालीमा एउटा उपलब्धि हासिल भएको छ। बजेट व्यवस्थापन सूचना प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटराइज्ड सरकारी लेखा प्रणालीमा रियल टाइम एकीकरण सफल भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।