काठमाडौं- विज्ञापन व्यवसायीहरूको साझा संगठन नेपाल विज्ञापन संघ (आन)ले विभिन्न कार्यक्रम गरी ३१औँ वार्षिकोत्सव मनाएको छ।
आनले सोही अवसरमा शान्तिनगरस्थित सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरिएको आनले जानकारी दिएको छ।
वार्षिकोत्सवकै अवसरमा आनले ‘नेपाली विज्ञापन सप्ताह’ घोषणा गरेको छ। जेठ ३० गतेदेखि असार ७ गतेसम्म एड-डे मनाउने विभिन्न कार्यक्रम र एड-डेको लोगोसमेत सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।